coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फर्जी बैंक खाता केसमा पाकिस्तानका पूर्व राष्ट्रपति जरधारी पक्राउ

काठमाडौं– पाकिस्तानका पूर्व राष्ट्रपति आशिफ अली जरधारी पक्राउ परेका छन्।

इस्लामाबाद हाइकोर्टले फर्जी बैंक खाता केसमा जरधारीको जमानतको अपिल खारेज गरेपछि उनलाई इस्लामाबादस्थित उनकै घरबाट गिरफ्तार गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्। उनको कम्पनीले फर्जी बैंक अकाउण्टबाट विदेश पैसा पठाएको बताइन्छ। फर्जी बैंक खाताको मामिलामा सोमबार पाकिस्तानको नेसनल एकाउण्टिविलिटी ब्यूरो (एनएबी)ले उनलाई गिरफ्तार गरेको हो।

फर्जी खाताबाट अवैध पैसालाई वैधता दिलाउन प्रयोग गरिने बताइन्छ।  यस मामिलामा उनकी बहिनी फरयाल तालपुर पनि मुछिएकी छन्। 

प्रकाशित: २७ जेष्ठ २०७६ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App