coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोकसेवा आयोगको विज्ञापनविरुद्ध विद्यार्थीहरुको प्रदर्शन

काठमाडौं– संयुक्त विद्यार्थी संघर्ष समितिले पनि स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ। 

संविधानको मर्म र भावना विपरित खुलाइएको सो विज्ञापन सच्याउन दबाब दिँदै समितिले सोमबार काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेको हो। समावेशी र समानुपातिक सिद्धान्त विपरित लोक सेवा आयोगले विज्ञापन खुलाएकाले त्यसविरुद्ध सडक सघर्ष गर्नु परेको नेपाल विद्यार्थी संघका नेता कपिलेश्वर यादवले जानकारी दिए।

प्रदर्शनका क्रममा विद्यार्थी नेताहरुले संविधानको मर्म विपरित लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए। उनीहरुले सो विज्ञापन तत्काल रद्द नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

प्रकाशित: २७ जेष्ठ २०७६ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App