७ वैशाख २०८१ शुक्रबार
खेल

भारतीय क्रिकेटर युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

नयाँ दिल्ली— एकदिवसीय विश्वकप चलिरहँदा भारतीय चर्चित क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले सन् २०११ को विश्वकपमा ३६२ रन र १५ विकेट लिएका थिए। सो विश्वकपमा म्यान अफ दी सिरिज समेत चुनिएका सिंहले आज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदै २०११ को विश्वकप आफ्नो लागि यादगार रहेको बताए।

उनले भने 'मैले सानैदेखि मेरो पिताको मार्गदर्शनमा देशको लागि खेल्ने सपना देखेर अघि बढेँ। मेरा समर्थकहरुलाई म धन्यवाद दिन चाहन्छु। २०११ को विश्वकप जित्नु र त्यहा म्यान अफ दि सिरिज चुनिनु मेरो लागि सपना जस्तै थियो।'

सिंहले आफ्नाे अन्तर्राष्ट्रिय करियरमा ३०४ वानडे म्याच खेले जसमा ८७०१ रन बनाउँदै १११ विकेट लिए। त्यस्तै ४० टेस्ट म्याच खेलेका उनले १९०० रन तथा ५८ टी २० खेल्दै ११७७ रन बनाएका थिए।

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App