बलात्कारपछि हत्यामा चार प्रहरीसहित ६ जना दोषी ठहर

सोमबार, २७ जेठ २०७६, १४ : २१ नागरिक

भारत- आठ वर्षीया बालिकालाई बलात्कारपछि यातना दिएर मारेको अभियोगमा भारत प्रशासित काश्मीरमा ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ। उनको बलात्कार र हत्या गरेको आशंकामा आठ जनालाई पक्राउ गरिएको थियो।

दोषी ठहर हुनेहरूमा एक अवकाश प्राप्त सरकारी अधिकारी, चार प्रहरी अधिकारी र एक नाबालक छन्। ती नाबालकलाई कानुन अनुसार छुट्टै मुद्दा चलाइनेछ।

गत वर्ष कश्मीरको कठुआमा फिरन्ते मुस्लिम समुदायकी ती बालिकाको शव जङ्गलनजिकै भेटिएको थियो। सो कदमको विरोधमा दक्षिणपन्थी हिन्दू समूह तथा वकिलहरूले प्रदर्शन गरेपछि सो विषयले ठूलो चर्चा पाएको थियो। ती बालिकाकी आमाले दोषीमध्ये दुई जनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेकी छन्।

अभियुक्तहरूले आफू दोषी नभएको दाबी गरेका थिए। तीमध्ये एकलाई दोषमुक्त गरिएको छ तर उनका बुवा भने दोषी ठहर भएका छन्।

बालिकाकी आमाले भूतपूर्व सरकारी कर्मचारी सान्जी राम र प्रहरी अधिकारी दीपक खजुरियाले घटना गराएको भन्दै उनीहरूलाई फाँसी दिनुपर्ने माग राखेकी छन्। उनले भनिन्, ूछोरीको अनुहार सम्झेर म अहिले पनि बिथोलिन्छु, त्यो पीडाले मलाई कहिल्यै छोड्ने छैन। उसको उमेरका अरू केटाकेटी खेलेको देख्दा मेरो मुटु चिरिन्छ। ती बालिकामाथि भएको अत्याचारको विवरणले धेरैलाई विचलित बनाइदिएको थियो।

सत्तासीन भारतीय जनता पार्टीबाट मन्त्री रहेका दुई नेताहरूले आरोपितहरूको समर्थनमा निकालिएको र्‍यालीमा सहभागिता जनाएपछि भारतमा आक्रोश बढेको थियो।

सामाजिक सञ्जाल ट्विटरमा त्यसको र मूल घटनाको विरोधमा व्यापक निन्दा भयो। नेता, कलाकार, खेलाडी र सामाजिक जीवनमा ख्याति कमाएका धेरैले त्यस विषयमा टिप्पणी गरेका छन्। कतिपयले ती बालिकाको मृत्युलाई केही वर्षअघि दिल्लीमा भएको २२ वर्षीया युवतीको सामूहिक बलात्कार र हत्यासँग तुलना गरेका थिए।

अभियुक्तहरू सबै घुमन्ते मुसलमान समुदायसँग भूमिविवाद भएको स्थानीय हिन्दू समुदायका सदस्य हुन्। पीडित बालिकाको परिवार हिमाली क्षेत्रमा आफ्नो भेडीगोठ राख्ने घुमन्ते समुदायको हो।

हिउँदमा उनीहरू प्रायस् जम्मू उपत्यका हुँदै अन्यत्र जान्छन्। उनीहरूले सार्वजनिक वनलाई चरनका रूपमा प्रयोग गर्ने हुँदा स्थानीयवासीसँग द्वन्द्वको स्थिति उत्पन्न हुने गरेको छ। आरोपित व्यक्तिहरूले भेडीगोठालाको सो समुदायलाई लखेट्न खोजेको हुनसक्छ।

जम्मूका वकिलहरूले ती आरोपितविरुद्ध मुद्दा दर्ता हुन नदिन प्रहरीलाई स्थानीय अदालतमा प्रवेश गर्न लाग्दा छेक्ने प्रयास गरेका थिए। बीबीसी







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...