राष्ट्रिय सुरक्षा सल्लाहकार

शुक्रबार, १२ कार्तिक २०७३, ११ : २९ डा. प्रेमसिंह बस्न्यात

कुनै पनि देशको कार्यकारी प्रमुख अर्थात सरकार प्रमुखलाई सल्लाह दिने मुख्य भूमिका राष्ट्रिय सुरक्षा सल्लाहकारको हुन्छ। कार्यकारी प्रमुख नभएका राष्ट्रपति तथा उपराष्ट्रपतिहरुको पनि सुरक्षा सल्लाहकार हुन्छन्। तर राष्ट्रिय सुरक्षा सल्लाहकार हुँदैनन्। धनी, गरिब, विकसित, विकासशील जे होस्, एउटाखाले संयन्त्रबाट देशको व्यवस्था चलेको हुन्छ। त्यसमा क्षमता, भूगोल र जनसंख्या फरक हुन सक्छन्। संसारभर नै राष्ट्रिय सुरक्षा सल्लाहकारको व्यवस्था गरिएका दृष्टान्त छन्। नेपालमा पनि राजसंस्था छँदा राजदरबारमा प्रमुख सैनिक सचिवालयले यो भूमिका निर्वाह गर्थ्याे। अनि प्रधान मन्त्रीहरुले सुरक्षा सल्लाहकार नियुक्ति गर्थे भने सोही प्रचलन अहिले पनि छ। राष्ट्रपति, प्रधान मन्त्री, मन्त्रीलगायतले थुप्रै विषयका सल्लाहकार नियुक्त गरेका देखिन्छ। तापनि सुरक्षा सल्लाहकार भनेको के हो भन्ने बुझ्न नसकेको टड्कारो देखिन्छ।

राष्ट्रपति तथा प्रधान मन्त्रीहरुले सेनालाई खुसी पार्ने गरी प्रायः त्यहीँको सिफारिसमा सुरक्षा सल्लाहकार नियुक्त गर्ने प्रचलन पनि छ। सही र योग्य मान्छे सेना, प्रहरी, प्राज्ञ, विज्ञ जहाँबाट पनि ल्याउनुपर्छ।

रक्षा भनेको देशभित्रका सबै मन्त्रालय, राजनीति, समाज, धर्म, संस्कृति, खानी, वन–जंगल, जलस्रोत, शिक्षा, गरिबी, भ्रष्टाचार, बेथिति शासन व्यवस्था, विदेशीको चलखेल आदिबाट देशलाई पर्ने असरको सूक्ष्म विश्लेषण गर्नु हो। त्यसैगरी बाह्य जगतबाट जस्तै छिमेकी तथा अन्य मुलुक, क्षेत्रीय संगठन, संयुक्त राष्ट्र संघलगायतले दैनिक भए/गरेका गतिविधिले आफ्नो देशमा पर्न सक्ने सकारात्मक र नकारात्मक असरलाई मनन गरी विश्लेषण निकाल्नु हो। त्यसैगरी संसारभर भइरहेका द्वन्द्व, काला बजार, लागु पदार्थ तथा हातहतियार ओसार–पसार, आतंकवादलगायत विश्लेषण गरेर नेपालमा पर्न सक्ने फाइदा/बेफाइदाको आकलन गर्नु पनि हो। यी सबै पक्षको विश्लेषण परराष्ट्र, गृह, रक्षा र अन्य मन्त्रालयको समन्वयबाट सुरक्षा सल्लाहकार वा राष्ट्रिय सुरक्षा सल्लाहकारले गर्ने हो। यस्ता विश्लेषण दैनिक, साप्ताहिक, मासिक हुन सक्छन्। प्रस्टरूपले त्यो विश्लेषण प्रधान मन्त्रीलाई ब्रिफ गर्नुपर्छ। त्यसमा देशलाई पर्ने सकारात्मक तथा नकारात्मक असर तथा रोकथाम वा प्रतिकार गर्ने सम्भावित उपायसमेत प्रधान मन्त्रीलाई ब्रिफ गर्नुपर्छ। ती सम्भाव्य उपायमध्ये उत्कृष्ठ छानेर प्रधान मन्त्रीले अन्तर्गतका मन्त्रालयलाई काम गर्ने आदेश दिनेछन्।

राष्ट्रिय सुरक्षा सल्लाहकार वा सुरक्षा सल्लाहकारले करिब ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य चासो राख्नुपर्नेछ। यहाँनेर बुझ्नैपर्ने कुरो के हो भने सरकारले सुरक्षा सल्लाहकार कि रक्षा सल्लाहकार नियुक्त गर्ने? सुरक्षा सल्लाहकार नियुक्त गर्ने हो भने कम्तीका पनि अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय संबन्ध, अन्तर्राष्ट्रिय सुरक्षा, मानव अधिकार, राजनीतिशास्त्रमध्ये कुनै विषय वा एकभन्दा धेरै विषयमा कम्तीमा स्नातकोत्तर पढेको र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय द्वन्द्वबारे विश्लेषण गर्न सक्ने तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा सोबारे बोल्दै/लेख्दै गरेको होस्। यदि रक्षा सल्लाकार नियुक्त गर्ने हो भने विशेष गरी नेपाली सेनाबाट वा प्रहरी सेवाबाट उच्च तहको तालिम गरेका र सेना–प्रहरीबारे राम्रो व्यवस्थापन र सञ्चालन गर्ने काममा पारंगत भएका उच्च शिक्षा हासिल गरेका पात्र हुनु जरुरी छ। रक्षा सल्लाहकारको भूमिका ९८ प्रतिशतभन्दा बढी देशभित्रकै द्वन्द्व व्यवस्थापन, मानव हत्या नियन्त्रण, सीमा सुरक्षा, सुशासन आदिमा र करिब २ प्रतिशत बाह्य परिस्थितिमा केन्द्रित रहनेछ। रक्षा मन्त्रीले रक्षा सल्लाहकार नियुक्त गर्न सक्छन् तर सुरक्षा सल्लाहकार होइन।

 अर्को उल्लेख गर्नैपर्ने पक्ष के हो भने सांसद, मन्त्री, प्राज्ञ, विज्ञ, नागरिक समाजमा विद्यमान सुरक्षा सल्लाहकार वा राष्ट्रिय सुरक्षा विज्ञ भनेको प्रहरी, सेना वा राष्ट्रिय अनुसन्धान विभागका बहालवाला र पूर्वकर्मचारी मात्र हुन् भन्ने साँघुरो मानसिकता बदल्नै पर्छ। २१औं शताब्दीको शक्ति भनेको पैसा हो। नेपालले पैसा कमाउन सकेमात्र आन्तरिक र बाह्य सुरक्षा बलियो बन्नेछ। तसर्थ, राष्ट्रिय सुरक्षा नीति बनाउँदा होस् वा प्रधान मन्त्री तथा राष्ट्रपतिको सुरक्षा सल्लाहकार नियुक्त गर्दा जंगी वा प्रहरीका पूर्वकर्मचारी वा पूर्वगृह वा रक्षा सचिवलाई मात्र पत्याउने संस्कार बदल्नैपर्छ। मित्रराष्ट्रहरुमा के प्रचलन छ हेर्न सकिन्छ। निर्धारित मामदण्ड बनाई मन्त्रिमण्डलको निर्णयबाट योग्यता, कर्तव्य र अधिकारसहित राष्ट्रिय सुरक्षा सल्लाहकार वा सुरक्षा सल्लाहकार नियुक्त हुनुपर्छ। अर्को उदेकलाग्दो कुरो के हो भने राष्ट्रपति तथा प्रधान मन्त्रीहरुले सेनालाई खुसी पार्ने गरी प्रायः त्यहीँको सिफारिसमा सुरक्षा सल्लाहकार नियुक्त गर्ने प्रचलन पनि छ। सही र योग्य मान्छे सेना, प्रहरी, प्राज्ञ, विज्ञ जहाँबाट पनि ल्याउनुपर्छ। अन्यथा राज्य मन्त्रीसरहको सुविधा दिएका सुरक्षा सल्लाहकारलाई दिनभर झिंगा मारेर बसाउने संस्कार हुनु राज्यको स्रोत साधनको दुरुपयोग हो।

 राज्यले नियुक्त गर्ने कुनै पनि सल्लाहकारले राष्ट्रपति, प्रधान मन्त्री, सभामुख, मन्त्रीहरुलाई 'चेक एन्ड ब्यालेन्स' मा राख्ने हो। आफ्नो विज्ञतालाई सही तरिकाले कार्यान्वयन गर्न सकिन्न भने सो पदबाट हट्नुपर्छ। अर्कोतर्फ प्रधान मन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकार वा सुरक्षा सल्लाहकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षाको विश्लेषण विवेचना गरी (गोेप्य घटनाबाहेक) मासिकरूपले आमसञ्चार माध्यमहरुलाई सूचित गर्नु जरुरी छ। यो पद भनेको प्रधान मन्त्रीको पानी निल्ने घाँटीसरह महत्वपूर्ण छ। दुर्भाग्यसाथ भन्नुपर्दा नेपालकोे व्यवस्थापिकाले हालसम्म पनि राष्ट्रिय स्वार्थ र राष्ट्रिय सुरक्षा नीति कसरी बनाउने भन्ने बाटै देखेको छैन। त्यही कारणले राष्ट्रिय सुरक्षा परिषद्को अवमूल्यन भएको छ भने राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका थाहा पाउन सकेको छैन। प्रधान मन्त्रीको मातहतमा रहने गरी नेपालले राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरी त्यसैअन्तर्गत राष्ट्रिय सुरक्षा परिषद् राख्नुपर्छ। राष्ट्रिय सुरक्षा परिषद्मा वैज्ञानिक, प्राज्ञ, विज्ञ, पत्रकार, सेना, प्रहरी र अन्य मन्त्रालयका ज्ञाता हुनु जरुरी छ।

 अन्त्यमा, अरु देशमा जस्तै मापदण्ड पुर्‍याएर नेपालमा पनि 'विज्ञ' वा 'विद' भन्ने टाइटल राज्यले दिनु जरुरी छ। हाल प्रचलनमा रहेका र सञ्चार माध्यमले लेखिदिने गरेका लेखका नामपछाडिका 'सुरक्षाविद्' वा 'सुरक्षाविज्ञ' जस्ता विभूषित शब्दले न्यायोचित वर्गीकरण नगरेको महसुस भएको छ।

वेलायतको क्रान्पि्कल्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सुरक्षामा स्नातकोत्तर








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

निःशुल्क सेवा प्रदान

निःशुल्क सेवा प्रदान

चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा बिहीबार बहिरङ (ओपिडी) तर्फको टिकट निःशुल्क...

महिन्द्रा उत्सव योजना सार्वजनिक

महिन्द्रा उत्सव योजना सार्वजनिक

महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले महिन्द्रा उत्सव योजना सार्वजनिक गरेको छ । ...

कामना सेवाकोे ओडी कार्ड

कामना सेवाकोे ओडी कार्ड

कामना सेवा विकास बैंकले ओभर ड्राफ्ट कार्डबाट सेवा सुरु गरेको छ । ...

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

Ncell Footer Ad