coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालमा विपद्सम्बन्धी दक्षिण एशीयाली सम्मेलन सूरु

काठमाडौं- काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सुरु भएको छ। गाउँपालिका र नगरपालिकामा पनि विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि आवश्यक जानकारी गराउने उद्देश्यका साथ सोमबारबाट सो सम्मेलन आयोजना गरिएको हो।

विपद्, उर्जा र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनिकरणका लागि स्थानीय तहलाई पनि आवश्यक जानकारी दिने उद्देश्यका साथ दक्षिण एशीयाका विज्ञहरुसहितको अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले जानकारी दिए।

दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले विकसित राष्ट्रहरुको कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनको प्रतिकूल असरलाई रोक्न सबै दक्षिण एशीयाली राष्ट्रहरुलाई सहकार्य गरेर अघि बढन आह्वान गरे। उनले बाढि, पहिरो, सुनामी जस्ता विपद् व्यवस्थापनका लागि पनि देशहरुबीच मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे। जलवायु परिवर्तनको व्यवस्थापनका लागि नविकरणीय उर्जामा जोड दिनुपर्ने गृहमन्त्री थापाको भनाई छ।

राष्ट्रिय पूनर्निर्माण प्राधिकरण, नगरपालिका महासंघ र गाउँपालिका महासंघको संयुक्त आयोजनामा आयोजना गरिएको सम्मेलनले नेपालको विपद् व्यवस्थापन, उर्जा संकट समाधान र जलवायु परिवर्तनका कारण परेका नकारात्मक प्रभावलाई न्युनिकरण गर्न सघाउ पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App