coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घरमै प्रसूति गराउँन बाध्य दुर्गमका महिला

एक बर्ष पहिले बाटोमै सुत्केरी भएकी सिँजाकी लक्ष्मी काफ्ले: डिबी /नागरिक

जुम्ला(सिँजा) - कनकासुन्दरी गाउँपालिका ५ की नानु बुढा घरमै सुत्केरी हुन बाध्य भइन्। उनका लागि घरमा सुत्केरी हुनुको बिकल्प थिएन्। गाउँदेखि झण्डै तीन घण्टाको पैदल दुरीमा बर्थिङ सेन्टर भएकोले समयमै स्वास्थ्य संस्थामा लैजान सकेनन् परिवारले। ब्याथाले निकै च्यापिसकेको थियो। स्वास्थ्य संस्थासम्म डोकोमा बोकेर लैजादा बाटोमै सुत्केरी हुन सक्ने अवस्था थियो, महिला स्वास्थ्य स्वयमसेविका डल्ली बुढा भन्छिन्,‘ जेनतेन घरमै सुत्केरी गराइयो। निकै जोखिम मोलियोे। रातभर जाग्राम बसियो।

गत वर्ष कनकासुन्दरी बुडु गाउँकी बिसुदा बुढाको सुत्केरी गराउन लैजादै गर्दा बाटोमै सुत्केरी भइन्। गाउँ नजिकै बर्थिङ सेन्टर छैन् ।सुत्केरी ब्याथा लागेमा भरसक गाउँमै सुत्केरी गराउन खोज्छौँ, महिला स्वयमसेविका बुढाले भनिन्,‘घरमा सुत्केरी गराउन नसकेको खण्डमा बर्थिङ सेन्टरमा लैजान्छौँ। निकै जोखिम मोलेर लैजादै गर्दा कतिपय सुत्केरी बाटोमै बच्चा जन्माउँछन्। बीचबाटोबाट फर्काउनु पर्ने अवस्था रहन्छ। ’ यहाँका गर्भवति कालसंग जुधेर  सुत्केरी हुने गरेका छन्।

गाउँबाट आधा बाटो हिडिसकेपछि फुटासिल्ला मन्दिर नजिकै सुत्केरी भएकी विसुदालाई घर फर्काइयो। बाटोमा सुत्केरी हुँदा निकै कठिन भयो। आमा र बच्चाको सुरक्षा दिन असहज बन्यो। दुई वर्ष पहिले सुत्केरी गराउन वर्थिङ सेन्टर लैजादै गर्दा मया बुढाको मृत्यु भयो। उनी पहिलो गर्भजाँच गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पुगेकी थिइन्। चिकित्सक फेरि एक पटक गर्भजाँच गर्न आउन सुझाव दिएका थिए । तर  आर्थिक समस्याका कारण चेकजाँच गर्न पाईनन्।

यि त प्रतिनिधि पात्र मात्र हुन्। जिल्लाका अधिकांश दुर्गम क्षेत्रका महिला घरमै सुत्केरी हुन बाध्य छन्। पायक पर्ने ठाउँमा प्रसूति सेवा सहितका स्वास्थ्य संस्था छैनन्। प्रसूति सेवा भएका स्वास्थ्य संस्थामा लैजादासम्म सुत्केरी समस्यामा पर्छन्। स्थानीय नव बुढा भन्छन्,‘सरकार स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरीको नारा ल्याउँछ। ग्रामिण क्षेत्रका महिला स्वास्थ्य संस्थामा जान नपाई मर्छन्। सुत्केरी बोक्ने न एम्बुलेन्स छ, नत राम्रो स्टेचर।  डोकोमा बोकेर अस्पताल लैजादासम्म सुत्केरीको मृत्यु भइसक्छ। यो कस्तो ब्यवस्था। उनले थपे,‘भाषणमा सरकारी सेवा गाउँगाउँमा पुग्छ्, ब्यवहारमा समयमै सेवा नपाउदा बिरामी मर्ने गर्छन् ।

स्वास्थ्य संस्थामा नियतिम ४ पटक गर्भजाँच गरेको खण्डमा ८ सय रुपैया पाउँछन् ।स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भएको खण्डमा यातायात खर्च स्वरुप ३ हजार रुपैया पाउँछन्। यहाँका महिला न नियमित गर्भजाँच गर्न पाउँछन्, नत सुरक्षित सुत्केरी हुन्,‘स्थानीय नब बुढाले भने,‘अहिले सम्म भगवान भरोसामा सुत्केरी हुन्छन्।

गाँउमा स्वास्थ्य चौकी छ। प्रसूति सेवा छैन्। भएका स्वास्थ्य संस्थामा पनि चिकित्सक बस्दैनन्। जसका कारण नियमित गर्भजाँच समेत गर्न पाउँदैनन्।   महिला स्वास्थ्य स्वयमसेविका सपना बुढा प्रसूति सेवा नपाउँदा महिला जोखिममा परेको बताउँछिन्। उनले भनिन्,‘ दुर्गमका महिला आराम पाउँदैनन्। नियमित काममा जोतिरहन्छन्। सानै उमेरमा बिवाह गर्ने चलन छ। अपरिपक्क उमेरमा बिवाह गर्दा सानै उमेरमा बच्चा रहदा समस्या त आईहाल्छ ।’ उनले गाउँमै बर्थिङ सेन्टर स्थापना गर्न माग गरिन्। जब सम्म प्रसुति सेवा सहितको बर्थिङ सेन्टर हुदैन्, तब सम्म यहाँका गर्भवति सुत्केरी सुरक्षित हुन सक्दैनन्, उनले भनिन।

स्वास्थ्यचौकी बुडुका अहेव गोबिन्द भण्डारी प्रसूति सेवाका लागि समस्या भईरहेको बताउँछन्। उनले भने,‘बर्थिङ सेन्टरका लागि गाउँपालिकामा पहल भईरहेको छ। यहाँ बर्थिङ सेन्टरको आवश्यकता छ। पटक पटक स्थानीय सरकारको ध्यानाकर्षण भइरहेको छ। ’ अहिले गाउँमा कति गर्भवति छन्। कति जनाले स्वास्थ्य संस्थामा सुत्केरी गराइन् सबै तथ्यांक राख्नु पर्ने प्राबधान छ। कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरबिर रावत बर्थिङ सेन्टरका लागि पहल भइरहेको बताउँछन्।

उनले भने,‘यहाँका महिलाको समस्यामा गाउँपालिका सरकार हरबखत लागि परेको छ। जिम्मेवार र जवाफदेहि हुनैपर्छ। गाउँगाउँमा एम्बुलेन्स सेवा पुग्छ। सुत्केरी सेवा र पोषणका बारेमा जनचेतना जोगाउदै स्वास्थ्य संस्था सम्म नियमित सुत्केरी हुने र गर्भ जाँच गराउने ब्यवस्था मिलाउछौँ ।’ नेपाल रेडक्रस शाखाको एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App