तुम्बेवामा बल्यो बिजुली

सोमबार, २७ जेठ २०७६, ११ : ३२ गिरिराज बाँस्कोटा

मौवा (पाँचथर)– जिल्लाको दुर्गमा तुम्बेवा गाउँपालिकामा पहिलो पल्ट बिजुली पुगेको छ। भौतिक पूर्वाधार, आर्थिक अवस्था, जनसंख्या तथा भौगोलिक पूर्वाधारका आधारमा दुर्गम मानिएको गाउँपालिकामा पहिलोपल्ट बिजुली पुगेको हो। केन्द्रीय प्रशारणको बिजुली गाउँपालिकामा पुगेपछि स्थानीयमा खुसी छाएको छ।

गाउँपालिकाको केन्द्र माैवा बजारमा बत्ती बलेको छ। दुर्गम तथा विकासमा पछि परेको विशेष गाउँपालिकाको रुपमा रहेको तुम्बेवामा नेपाल विद्युत् प्राधिकरणले विद्युत् पु-याएको हो। पहिलोपल्ट विद्युत् पुगेपछि विशेष समारोहको आयोजना गरी उद्घाटन गरिएको थियो।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले स्विच थिचेर विद्युत् उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा जिल्लाका शीर्ष राजनीतिक नेतृत्वको उपस्थिति थियो। विद्युत् आएपछि तुम्बेवाको विकासमा थप टेवा पुगेको मन्त्री आङ्बोले बताए। ‘अब विकासले गति पाएको छ। तीनै तहको सरकार भएकाले विकासको जिम्मा सरकारले लिइसकेको छ। जिल्लाको विकासले केही वर्षमा नै ठूलो फड्को मार्ने छ’, मन्त्री आङ्बोले भने, ‘सडक, बिजुली, खानेपानीको अभाव हुन दिँदैनौं। कृषिलगायतका रोजगारी तथा उत्पादन बढाउने कार्यक्रम आउँछन्।’ विकासले गति लिएको भन्दै आङ्बोले केही वर्षमा नै सकारात्मक नतिजा देखिने बताए।  बिजुलीले गर्दा चौतर्फी विकासमा योगदान पुग्ने उनको भनाइ छ।

निकै लामो अपेक्षापछि बिजुली बलेपछि यहाँका बासिन्दामा खुसी छाएको छ। बजार क्षेत्रमा बिजुली बलेको छ। अब पूरै  गाउँपालिकामा नै विस्तार गर्ने योजना छ। दुई वर्षमा यहाँका सबै घरमा बिजुली बाल्ने लक्ष्य रहेको छ। ‘निकै लामो अपेक्षा र प्रयासपछि बिजुली बलेको छ। अब हामी सबै घरमा पु-याउने योजनामा छौं’,  गाउँपालिका अध्यक्ष होमनाथ थापाले भने, ‘बिजुली बलेपछि खुसी छाएको छ। यसले विकासमा महत्त्वपूर्ण योगदान पु-याउने छ। हामी दुर्गम गाउँलाई विकसित गाउँ बनाउने सपनामा छौं।’

यहाँ बिजुली विस्तारका लागि २ करोड १० लाख रुपैयाँमा ठेक्का लागेको थियो। अहिले ३५ घरमा मिटर जोडिएको छ। यही आर्थिक वर्षमा २ सय घरमा बिजुली जडान हुने प्राधिकरणका प्राविधिक सनोज यादवले जानकारी दिए।  ४ र ५ नम्बर वडामा यही ठेक्कामार्फत बिजुली पु-याउने योजना रहेको छ। बाँकी वडामा सहकारीमार्फत् बिजुली पु¥याउने लक्ष्य रहेको छ। यसका लागि ठेक्का प्रक्रिया अघि बढेको बताइएको छ।

फिदिमको थापाटारबाट यासोक फिडर हुँदै बिजुली तुम्बेवा पु-याइएको हो। विद्युत् पु-याउनका लागि १ सय  २१ एचडी पोल राखिएको छ। दुई वटा ट्रान्सफर्मर राखिएको यादवले जानकारी दिए । उनका अनुसार ९० वटा पोलबाट विद्युत् वितरण गरिएको छ।  गाउँमा बिजुली आएपछि विकासले कोल्टे फेर्ने स्थानीयको भनाइ छ। चाँडोभन्दा चाँडो सबै गाउँमा विद्युत् विस्तार हुनुपर्ने उनीहरूको माग छ।

उद्घाटन समारोहमा जिसस प्रमुख विष्णुप्रसाद सापकोटा, नेकपाका नेता तिवेन्द्रराज चापागाईं, कांग्रेस सभापति नरेन्द्रकुमार केरुङलगायतले नेताहरूले बिजुली पछिको विकासका काममा पनि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त  गरे।
बिजुली आएपछि गाउँमा घरेलु उद्यमको विकास हुने अपेक्षा राखिएको अध्यक्ष थापाले बताए। ग्रामीण क्षेत्रको आधुनिकीकरणमा पनि भूमिका खेल्ने उनको विश्वास छ। उद्घाटनमा सहभागी वृद्धवृद्धा तथा तन्नेरीहरूले खुसी मनाएका थिए।







यसमा तपाईको मत


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...