coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जनकपुर–भिठामोड सडकको काम शून्य

आइतबार पत्रकार साम्मेलमा जानकारी गराउँदै अनुगमन समितिका सदस्य। तस्बिरः नागरिक

धनुषा– नेपाल भारत सीमालाई जोड्ने निर्माणाधीन जनकपुर–भिठामोड सडक खण्डको कार्य प्रगति शून्य देखिएको छ। चार वर्षमा सक्नुपर्ने कामको समयावधि सक्न चार महिना मात्रै बाँकी हुँदा पनि प्रगति कार्य शून्य देखिएको विकास तथा प्रविधि अनुगमन समितिले दाबी गरेको गरेको छ।

संघीय संसद्अन्तर्गत रहेको विकास तथा प्रविधि समितिले स्थलगत अनुगमनका लागि सांसद इन्दु शर्माको संयोजकत्वमा ४ सदस्यीय अनुगमन समिति बनाई स्थलगत अनुगमन गरेपछि कार्य प्रगति शून्य रहेको पाइएको आइतबार समितिले जनकपुरमा पत्रकार साम्मेलन गरी जनाएको छ। अनुगमनको क्रममा सडकको कार्यमा गुणस्तरहीन, सम्झौताविपरीत कार्य भएको पाइएको अनुगमन समितिका संयोजक इन्दु शर्माले जानकारी गराएकी छन्। जनकपुर भिठामोडसम्मको कुल १८ किलोमिटर सडकखण्डको निर्माण जिम्मा दुई ठेकेदार कम्पनीले पाएको छ। दुवै ठेकेदार कम्पनीले सम्झौताअनुसार काम नगरेको समितिले बताएको छ।

ठेक्का सम्झौताको अब ४ महिना समय मात्र बाँकी रहेकोले समयमा काम नसकिने स्पष्ट रहेको संयोजक शर्माले बताइन्। सडकमा प्रयोग गरिएको माटोसमेत सडक छेउबाट नै झिकिएको छ, यसले नै सडकको गुणस्तरीयतालाई झल्काइरहेको उनको कथन छ। शर्माका अनुसार सडकमा माटो पुर्नका लागि मात्रै ७ करोड रकम छुट्याएको थियो तर, सडकको छेउबाटै माटोको प्रयोग गरिएको पाइएको छ। यसले सडकको माटोमा समेत भ्रष्टाचार भएको अनुगमन समितिले आंैल्याएको हो। अनुगमन समितिले ठेक्कामा संलग्न ठेकेदार र कर्मचारी सबै अनुसन्धानको घेरामा रहेको र समितिले आफ्नो प्रतिवेदन बुझाउँदा कारबाहीका लागि समेत सिफारिस गर्ने शर्माले जानकारी दिइन्।

ऐतिहासिक र व्यापारिक मार्गको रुपमा बहुचर्चित सडक खण्डको अवस्था र दुरावस्थाबारे बारम्बार सूचना माग्दासमेत सूचना उपलब्ध नगराएको गुनासासमेत सुनिएको अनुगम समितिको बताए। सडकलाई स्तरोन्नति गर्नका लागि दबाब दिने अनुगमन समितिले आश्वासनसमेत दिएको छ। अनुगमन समितिका अर्का सदस्य मीनाक्षी झाले भौतिक मन्त्रालय र अन्य सरोकारवालालाई बारम्बार यस विषयमा ध्यानाकर्षण गराएको स्पष्ट पारिन्। विगत १० वर्षदेखिको लामो संघर्ष गरेर सुरु भएको सडकको कार्य ठेकेदारले कमसल काम गरिरहेको उनले आरोप लगाइन्। सडक कुनै पार्टी विशेषको नरहेको भन्दै आम जनताको र भारत नेपाल जोड्ने ऐतिहासिक सडक भएकोले कुनै प्रकारको बहाना नचल्ने झाले तर्क गरिन्।

‘कागजमा देखाइएको प्रगति सडकमा नदेखिएको,’ झाले भनिन्, ‘यो प्रगति विवरणमा देखाइएको प्रगति प्रतिशत बिल्कुल गलत रहेको पाइएको छ।’ अनुगमनको क्रममा समितिले धनुषा र महोत्तरीको विभिन्न स्थानमा अन्तरक्रिया छलफल गरेर स्थानीयको बुझाइसमेत संकलन गरेको छ। २०७३ मा सम्झौता भएको जनकपुर–जलेश्वर–भिट्ठामोड सडक खण्ड आउँदो भदौ ८ गते चार महिनापछि समयावधि समाप्त हुँदै छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App