बलात्कारको आरोपमा पोद्दार पक्राउ

सोमबार, २७ जेठ २०७६, १० : ४० नागरिक

विराटनगर– प्रेम गर्ने झुटो आश्वासन दिएर बालिकामाथि बलात्कार गर्ने एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। विराटनगर–१४ की १६ वर्षीया बालिकामाथि बलात्कार गरेको  आरोपमा २५ वर्षीय दिव्य पोद्दारलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। 

विराटनगर महानगरपालिका–१२ घर भएका पोद्दार विराटनगर–१० स्थित सोमबारे हटिया नजिक डेरा बस्दै आएका थिए। प्रहरीका अनुसार पोद्दारले बिहे गर्छु भन्दै झुटो आश्वासन दिएर गत वैशाख १० गते बालिकालाई आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  घनश्याम श्रेष्ठले जानकारी दिए । 

‘प्रारम्भिक अनुसन्धानबाट पोद्दारबाट बालिका पीडित भएको देखिन्छ’ श्रेष्ठले भने।  उनका अनुसार पीडित परिवारबाट जाहेरी परेपछि पक्राउ गरिएका उनीविरुद्ध आइतबार जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। 

पक्राउ परेका पोद्दारको ८ वर्षअघि नै बिहे भइसकेको अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जनाएको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad