coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अर्घाखाँचीको पिपिसी सिमेन्ट आयो

काठमाडौं – अर्घाखाँची सिमेन्टले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पिपिसी सिमेन्ट बजारमा ल्याएको छ। नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई एनएस चिह्न दिएसँगै कम्पनीले पिपिसी सिमेन्टको बिक्री सुरु गरेको हो।

कम्पनीले विगतमा ओपिसी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप वृद्धि गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उद्देश्यको साथ पिपिसी सिमेन्ट उत्पादन थालेको जनाएको छ। कम्पनीले हाल विश्वमा प्रचलित अत्याधुनिक एफएल स्मिथको डेनिस प्रविधिको भिआरएम मेसिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ। आफ्नै खानीको चुनढुंगाबाट क्लिंकर बनाइने हुनाले अर्घाखाँची सिमेन्टका उत्पादनको गुणस्तरमा एकरुपता रहेको कम्पनीको भनाइ छ।

एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै प्रोडक्सन लाइनमार्फत ओपिसी र पिपिसी उत्पादन गर्ने सम्भवतः यो नेपालकै पहिलो सिमेन्ट उद्योग रहेको कम्पनीको दाबी छ।
अर्घाखाँची पिपिसी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भने, ‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका छैनौं। नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण हामीले अर्घाखाँची पिपिसी सिमेन्ट उत्पादन सुरु गरेको हौं।’

पिपिसी सिमेन्टको उत्पादन र बिक्री वितरणसँगै बिक्रेता, उपभोक्ता एवं निर्माणकर्मीमाझ उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धतामा नयाँ उपलब्धि हासिल गर्न सफल भएको उनले बताए। यसले उत्पादनप्रति ग्राहकको विश्वास थप मजबुत हुनेमा विश्वस्त रहेको उनको भनाइ छ।

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App