स्थिर विनिमय प्रणालीको प्रभावकारिता

सोमबार, २७ जेठ २०७६, ०९ : ३६ नागरिक

रुद्रप्रसाद घिमिरे

साधारणतया विनिमय दर प्रणालीका लागि विनिमय नीति लागू गरिन्छ। खासगरी यो सन्दर्भ एकअर्का देशबीच मुद्रा साटासाटसँग सम्बन्धित हुन्छ। आर्थिक क्षेत्रमा विनिमय दरलाई महत्वपूर्ण रूपमा लिइन्छ। विनिमय दर प्रणाली मुद्राको अन्तर्राष्ट्रिय कारोबारमा एक अभिन्न अंग हो। कुनै एक देशले मुद्राको प्रचलन आफ्नो देशमा मात्र सीमित गरेको हुन सक्छ वा यसलाई अन्तर्राष्ट्रिय रूपमा पनि प्रचलनमा ल्याउन सक्छ। कुनै देश अन्तर्राष्ट्रिय कारोबारमा प्रवेश गर्छ भने त्यहीँबाट सुरु हुन्छ– विनिमय दर प्रणाली र यसको भूमिका तथा गतिशिलता र प्रभावकारिता। यसमा जति बढी अर्को देशसँग आर्थिक कारोबार हुन्छ त्यति नै बढी विदेशी विनिमय दर प्रयोगमा आउँछ। देशहरूका आआफ्नै मुद्रा हुन्छन्। कारोबार र प्रचलनको औपचारिक कार्यान्वयन आफ्नै देशका केन्द्रीय बैंकले मुद्रा प्रयोग र विनिमय दर प्रणाली, नीति तथा ऐनद्वारा गर्छन्।

यो विनिमय दर प्रणाली प्रचलन नेपालमा नेपाल राष्ट्र बैंकले निर्देशित गर्छ। नेपाल राष्ट्र बैंकका अनुसार २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापनापछि विनिमय दर प्रचलन अझ तीव्र रूपमा छ। मुद्रा विकासक्रम विभिन्न स्वरूपमा भएकाले यसको प्रयोग स्वतः भएको भन्न मिल्दैन। यसको प्रयोग सर्वप्रथम भारतीय रुपैयाँको कानुनी ग्राह्यताबाट नेपालकै विदेशी मुद्राका रूपमा नेपालमा भारतकै भारतीय रिर्जभ बैंकबाट सुरुवात भएको हो। नेपाल र भारतका व्यापारीबीच कारोबारमा नेपाली रुपैयाँ र भारतीय रुपैयाँ सटहीका कारण विनिमय दरको गतिशिलता र प्रभावकारितामा बढोत्तरी हुँदै जाँदा भारतीय रुपैयाँको तुलनामा नेपाली रुपैयाँ उच्च प्रभावी बनेको र हालसम्ममा विभिन्न देशका मुद्रासँग कारोबारले विनिमय दर प्रणालीको अवलम्बनमा उतारचढाव देखिने गरेको छ। तर यसमा नेपालले चाहिँ विदेशी विनिमय सञ्चितिबाट शोधानान्तर सन्तुलन गरेको छ।

नेपालले भारतीय मुद्रासित स्थिर विनिमय दर अवलम्बन गरेकामा ५४ वर्षअघि १०० भारुमा १६० नेरु स्थिर विनिमय दर तोकिएको थियो। हुन त विदेशी विनिमय कारोबारका लागि बजार निर्धारित प्रणाली अवलम्बनमा पनि नेपालको अभ्यास छ। भारु अन्य मुद्रासँगको बजारमा निर्धारित छ।ती मुद्रासँग विनिमय दर दैनिक गतिशील र परिवर्तनशील छ। तर नेपाली रुपैयाँ र भारतीय रुपैयाँसित स्थिर विनिमय दर कायम छ।

नेपालको सन्दर्भमा सबै खाले कारोबार भारतसँग केन्द्रित छ। स्थिर विनिमय दरले कारोबार लागत घटेको छ। यसै कारण कारोबारमा स्थिरता छ। यो प्रणालीमा संकटमोचनचाहिँ न्यून आर्थिक वृद्धिबाट मात्र हुन्छ।

हाल नेपाालका वित्तीय संस्था, वित्तीय प्रणाली र खुला सिमानाबाट हुने भारतकेन्द्रित कारोबारले नेरु त्यति प्रभावी हुन सकेको छैन। नेपालको आर्थिक वृद्धिमा कमी भएकाले यहाँ अमेरिकी डलरको अधिमूल्य हुन सकेको छैन। विनिमय दर निर्धारण प्रक्रिया मुद्राको माग र आपूर्तिबाट हुन्छ। कारोबारमा नेपाली मुद्रा अन्तर्राष्ट्रिय ग्राह्यता प्राप्त छैन। त्यसैले सर्वस्वीकार्य मुद्राको आवश्यकता पर्छ। सबै देशका मुद्रा सबै देशमा सर्वस्वीकार्य छैनन् तर सबै मुद्रा अन्तर्राष्ट्रिय रूपमा भने परिवत्र्यचाहिँ हुन्छन्। जापानिज ऐन, अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, पाउन्ड स्टर्लिङ आदि मुद्राको पनि माग र आपूर्तिबाटै विनिमय दर निर्धारण हुन्छन्। विदेशी मुद्राको माग बढी भएमा ती मुद्राकै मूल्य बढ्छ भने स्वदेशी मुद्राको मूल्य कम हुन्छ। सोही बेला स्वदेशी मुद्राको अवमूल्यन हुन्छ।

आर्थिक वृद्धि दर तीव्र हुँदै जाँदा स्वदेशी मुद्राकै मूल्य बढ्छ। जुन कुरा निर्यात व्यापारबाट सम्भव छ। स्वदेशी मुद्रा अन्तर्राष्ट्रिय बजारमा ग्राह्य हुँँदैन। यसैले विदेशी मुद्रा स्वदेशमा आवश्यक परिरहन्छ। जति–जति बढी आर्थिक वृद्धि हुन्छ त्यति नै स्वदेशी मुद्राको माग बढ्छ। यही प्रक्रियाबाट विदेशी मुद्राको अवमूल्यन हुन्छ। त्यसैले निर्यात व्यापार स्वदेशी मुद्रा आर्जन गर्ने सर्वोत्तम उपाय हो। निर्यात व्यापार बढ्दा स्वदेशी मुद्राकै माग बढ्छ। यही अवस्थामा देशभित्र पुँजिगत खर्च तथा विदेशी लगानी बढाउन सकिन्छ। तर नेपालमा भने निर्यातभन्दा बढी आयात छ। जुन सन्तुलनमा नआउँदासम्म विनिमय दरमा उतारचढाव आइरहन्छ। यो एक गतिशील र परिवर्तनशील छ। फेडरल रिर्जभको ब्याज दर वृद्धि हुँदा डलर मुद्राको अवमूल्यन हुने गर्छ। तर अर्थतन्त्र सुधार हुँदा विदेशी पुँजी आप्रवाह बढ्छ। जसले स्वदेशी पुँजीको अवमूल्यन गर्छ। नेपाल भित्रिने रेमिट्यान्सले पनि यसमा असर पारेको छ।

भविष्यमा हुने परिवर्तनको आकलन, राजनीतिक अस्थिरता, मौक नीतिबाट अवलम्बन गरिने विस्तारकारी वित्तनीति प्रयोग, ऋण, अनुदान, तथा मुद्रास्फ्mीति आदि कारण स्वदेशी मुद्राको अवमूल्यन हुन्छ। सोही कारण विनिमय दरमा उतारचढाव आउँछ। स्थिर विनिमय दर अपनाउँदा यी सबै प्रभावका असर आउँछ। विदेशी मुद्राको सञ्चिति केन्द्रीय बैंकमा हुँदा मात्र विनिमय दर सन्तुलनमा  आउँछ। हो, मूल्य स्थिरता यहीँबाट हुन्छ। तर सञ्चिति नभए स्थिर विनिमय दरले काम गर्दैन। स्थिर विनिमय दरले आर्थिक संकट पनि निम्त्याउँछ। यसबाट विभिन्न देशले ठूलो क्षति भोग्नुपरेको छ।
नेपालको सन्दर्भमा सबै खाले कारोबार भारतसँग केन्द्रित छ। स्थिर विनिमय दरले कारोबार लागत घटेको छ। यसैकारण कारोबारमा स्थिरता छ। यो प्रणालीमा संकटमोचनचाहिँ न्यून आर्थिक वृद्धिबाट मात्र हुन्छ। स्थिर विनिमय दरका कारण नेपालको मुद्रास्फीतिमा भारतीय स्फीतिले असर पार्छ। भारतमा मूल्य स्थिति नियन्त्रित अवस्थामा रहेकाले नेपालमा मूल्य स्थिति सामान्य हुन पुग्छ। उच्च आर्थिक वृद्धि दर हुँदा लचक विनिमय दर प्रभावकारी हुन्छ। यसरी आर्थिक वृद्धि दर, शोधानान्तर स्थिति, मुद्रास्फीति र वैदेशिक व्यापारबाट स्थिर विनिमय दरको प्रभावकारिता मापन गर्न सकिन्छ।
अर्थशास्त्री








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad