७ वैशाख २०८१ शुक्रबार
कला

कलाकार संघमा रवीन्द्रको नेतृत्व

काठमाडौं – नेपाल चलचित्र कलाकार संघको शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष रवीन्द्र खड्काको प्यानल विजयी भएको छ। उनको प्यानलका उपाध्यक्षका उम्मेद्वार विनोदकुमार भट्टराईबाहेक सबै उम्मेद्वार विजयी भए।

चुनावको परिणामअनुसार अध्यक्ष रवीन्द्रले २ सय १८ र उनका प्रत्याशी सरिता लामिछानेले १ सय ६१ मत प्राप्त गरेका थिए। जसअनुसार रवीन्द्रले सरितालाई ५७ मतान्तरले पराजित गरे।

संघको उपाध्यक्षमा रेजिना उप्रेती २ सय ४३ मतका साथ विजयी भइन्। त्यस्तै सानुकुमार ताम्राकार १ सय ७५ मत ल्याएर उपाध्यक्षमा विजयी भए। महासचिव पदमा चेतबहादुर सिंहले १ सय ८७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी संजय खतिवडाले १ सय ५६ मत ल्याए। सचिवमा पनाहा अधिकारीले १ सय ९४ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कविता गेलालले १ सय ६९ मा चित्त बुझाइन्।

सह–कोषाध्यक्षमा पवित्रा आचार्यले २ सय २० मत ल्याउँदा उनका प्रतिस्पर्धी धनबहादुर बम्जन(डीबी)ले १ सय ३३ मत मात्र ल्याए। कार्यसमितिका १० सदस्यमा शितल केसी, जयकिशन बस्नेत, गोपाल ढकाल ‘छन्दे’, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए। नवनिर्वाचित अध्यक्ष खड्काले तीन वर्षको कार्यकालमा आफूले गरेका प्रतिबद्धताहरू पुरा गर्ने बताए। ‘निर्वाचित कार्यसमितिले पहिलो कामको रूपमा संघको भवन बनाउने अभियानलाई प्राथमिकता दिनेछ। किनकी यो कलाकारको माग र आवश्यकता पनि हो’, उनले भने।

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App