८ वैशाख २०८१ शनिबार
कला

लोकगायक न्यौपानेलाई ‘अनुपम म्युजिक अवार्ड’

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद् सदस्य हरिदेवी कोइराला गायक पुरुषोत्तम न्यौपानेलाई सम्मान गर्दै। तस्बिर : नागरिक

पोखरा - लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई ‘अनुपम म्युजिक अवार्ड’ प्रदान गरिएको छ। यहाँ आयोजित ‘छैटौं अनुपम सांगीतिक साँझ २०७६’ मा गायक न्यौपानेलाई अवार्ड प्रदान गरिएको हो। उनलाई नेपाली लोक संगीतका क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै नगद ८ हजार ८ सय ८८ रुपैयाँ, दोसल्ला, सम्मानपत्रसहितको अवार्ड प्रदान गरिएको हो। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा गायक न्यौपानेले अवार्डले आफूलाई लोक संगीतका क्षेत्रमा थप काम गर्ने हौसला प्रदान गरेको बताए।

कार्यक्रममा समाजसेवी विश्वमोहन गौचनलाई ‘तीर्थ हरि स्मृति अवार्ड’ प्रदान गरिएको थियो। तीर्थ हरि स्मृति प्रतिष्ठानद्वारा स्थापित तथा अनुपम म्युजिकद्वारा सञ्चालित अवार्डको राशी ५ हजार ५ सय ५५, सम्मानपत्र र दोसल्ला रहेको छ।

यस्तै गीतकार सुमन श्रापित र संगीतकार डेनी निरौलालाई ‘अनुपम संगीत सम्मान’ प्रदान गरिएको छ। उनीहरूलाई प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद् सदस्य हरिदेवी कोइराला, पत्रकार बद्र्रिविनोद प्रतीक, समाजसेवी भरत सिग्देल, पाहार ट्रस्टका अध्यक्ष चन्द्रबहादुर गुरुङ, गायक पदमराज ढकाल, समाजसेवी वीरेन्द्र पालिखे, बाबा फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठ, अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीलगायतले सम्मान गरेका थिए।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले आगामी वर्ष संस्था स्थापनाको दसौं वर्ष पुगेको अवसरमा सम्मान तथा अवार्डलाई अझै विशेष बनाइने जानकारी दिए। कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावी, सह–सचिव गोविन्द सिन्जाली, ईशु श्रेष्ठ र लक्ष्मी गुरुङले गरेका थिए। बाबा फाउण्डेशनद्वारा संरक्षित बालबालिकाको सहयोगार्थ आयोजित कार्यक्रममा गायक कर्म ग्याल्छेन, शीतल थापा, अनुज कुलुङ, रामभक्त जोजिजू, इतु जोजिजू, ज्ञान थापा, देवी गुरुङ, सुदिप गुरुङ, संगीता श्रेष्ठ, निरुता विक, दिनेश न्यौपाने, पुरुषोत्तम न्यौपानेलगायतले आफ्ना सांगीतिक प्रस्तुती राखेका थिए।

प्रकाशित: २७ जेष्ठ २०७६ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App