७ वैशाख २०८१ शुक्रबार
खेल

रोनाल्डो कप्तानीको टिम पोर्चुगलले जित्यो नेशन्स लिग फुटबलको उपाधि

नेशन्स लिग फुटबलको उपाधि क्रिष्टियानो रोनाल्डोसहितको टिम पोर्चुगलले जितेको छ। युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले पहिलोपटक घरेलु मैदानमा आयोजना गरेको खेलमा आइतबार राति भएको खेलमा पोर्चुगलले नेदरल्याण्डसलाई १(० ले हराउँदै उपाधि हात पारेको हो। 

सन् २०१६ मा उसले युरोकप फुटबलको उपाधि जितेको रोनाल्डो कप्तानीको पोर्चुगलले तीन वर्षमा दोस्रो उपाधि जितेको हात पारेको छ। नेशन्स लिगको फाइनलमा पोर्चुगलका लागि दोस्रो हाफमा गोन्कालो गुएडेसले गरेको गोल नै निर्णायक बन्यो। गुएडेसले ६० औँ मिनेटमा गोल गरेका हुन्। सेमिफाइनलमा ह्याट्रिक गरेका रोनाल्डोले यो खेलमा गोल गर्न सकेनन्। यस्तै स्वीट्जरल्याण्डलाई पेनाल्टीमा हराएर इंग्ल्याण्ड नेशन्स लिगमा तेस्रो भएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ००:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App