७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

उपत्यकामा भोटोजात्राः वर्षा र सहकालका ‘देवता’को चामल र फूल चढाएर बिदाई (फोटो फिचर)

काठमाडौं– काठमाडौं उपत्यकामा भोटो देखाइएको छ। रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छिन्। राष्ट्र प्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ। सोही अवसरमा उनले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गरिन्।

अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो देखाए। सो अवसरमा गुरुज्यूको पल्टनले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो। 

कार्यक्रममा कावा प्रधानमन्त्री ईश्वर पोखरेल तथा मन्त्रीहरु, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, ललितपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य सहभागी थिए। भोटो देखाउनुपूर्व नेवारी पहिरहनमा सजिएका महिलाले नेवारी नृत्य प्रदर्शन गरेका थिए।  

गुठी संस्थानका प्रमुख पौडेलले मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएपछि वर्षा र सहकाल हुने विश्वास रहिआएको उल्लेख गरे। जात्रा हेर्न काठमाडौँ उपत्यका र उपत्यका आसपासका जिल्लाबाट समेत जात्रालु सहभागी थिए। राष्ट्रप्रमुखको बिदाइपछि भक्तजनले चामल र फूल चढाएर मच्छिन्द्रनाथलाई बिदा गरे।

भोटो जात्रा सम्पन्न भएपछि आजै साँझ स्थानीय युवाले रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती फर्काएका छन् भने मछिन्द्रनाथको रथसँगै रहने मीननाथको रथलाई टंगालतर्फ लगियो। काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App