coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जिल्ला लिगको उपाधि सयपत्रीलाई

पाँचथर– जिल्ला लिग फुटबलको उपाधि सयपत्री युवा क्लब यासोकले जितेको छ। आइतबार सम्पन्न भएको फाइनल खेलमा टुस्टर स्पोर्टिङ क्लब इम्बुङलाई फराकिलो गोल अन्तरले हराउँदै सयपत्री च्याम्पियन भएको हो। 

स्टाईकल हेमन्त दर्नालको ह्याट्रिक प्रेरित जित निकाल्दै सयपत्रीले उपाधि चुमेको हो। सयपत्रिले टुस्टारलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो। जिल्ला फुटबल संघ पाँचथरले आयोजना गरेको प्रतियोगिता सिद्धदेवि मावि नवमिडाँडाको खेलमैदानमा सम्पन्न भएको थियो।

फराकिलो जितका लागि सयपत्रीका दिनेश शेर्माले २ गोल र रोशन आङदेम्बेले १ गोल गरेका थिए। सयपत्रीका खेलाडीले खेल पूर्ण रुपमा दबावमा राखेका थिए। प्रतियोगिताको अवधिभर उनीहरुले पिपक्षीलाई फराकिलो अन्तरले हराएका थिए। सेमीफाइलनमा सयपत्रीले राइजिङ स्टार क्बल रविलाई र टुस्टारले सुम्हालुङ क्बल फिदिमलाई हराएको थियो। 

ग्रामिण क्षेत्रमा आयोजित प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो। विजेता टिमलाई विद्यालयका प्रध्यानाध्यपक विरेन्द्र खड्का, जिल्ला फुटबल संघका अध्यक्ष सुजन नेम्वाङ लगायतकाले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता बुधवारबाट सुरु भएको थियो। प्रतियोगिताको विजेता टिमले दश हजार रुपैँया नगद र ट्रफी, उपविजेता टिमले ५ हजार रुपैँया नगद र ट्रफी पाएको थियो। यो छनौट प्रतियोगिता हो। दुरीको हिसाबले आयोजकले खेलाडीहरुलाई खेल व्यवस्थापन खर्च दिएको थियो। प्रतियागिता सम्पन्न गर्नका लागि अखिल नेपाल फुटबल संघले तीन लाख रुपैँया सहयोग गरेको थियो। 

प्रकाशित: २६ जेष्ठ २०७६ १५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App