कम्युनिस्टहरुको शासन आएपछि जनता दास भएः गगन थापा

आइतबार, २६ जेठ २०७६, १९ : ४५ खम्म खत्री

अछाम– नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपालमा कम्युनिस्ट पार्टी जनताका निम्ति काम गर्ने नभएर सिंहदरबारको अधिकार प्राप्तिका लागि एक भएको आरोप लगाएका छन्। अछामको मुजाबगरमा आइतबार आयोजित कांग्रेसको आमसभालाई सम्बोधन गर्दै थापाले दुई पार्टीबीच मिलन भएकाले अहिले सरकारको काम कारवाहीबाट जनता निराश भएको बताए। 

दुई पार्टीको मिलन भएको एक बर्ष बितिसक्दा अहिले आएर पार्टीको सिद्धान्त र बिचारका बिषयमा बहस हुन थालेको बिषय हाँस्यास्पद भएको बताए। केपी ओलीको सरकार अहिले बोल्नेको मुख थुन्ने, लेख्नेको कलम भाँच्ने र जनताको अधिकार कुन्ठित पार्ने काममा मात्र लागेको उनको आरोप छ। 

फरक प्रसंगमा बोल्दै पूर्ब स्वास्थ्यमन्त्री समेत रहेका थापाले काँग्रेसले जनतालाई मालिक बनायो तर कम्युनिस्टहरुको शासन आएपछि जनता दास भएको बताए। संघीयता चलाउने ढंग अहिलेको सरकारसँग नभएको उनले दाबी गरे। नेता थापाले जनताको जिउधनको रक्षा गर्न नसकिरहेको अवस्था यो सरकारबाट अरु कुनै राम्रो कामको आशा गर्न नसकिने बताए। 

उनले भने, ‘कम्युनिस्ट सरकार हाम्रो शत्रु होइन, कम्युनिस्टका नेता हाम्रा शत्रु होइनन्, उनीहरुको बिचार हाम्रो शत्रु हो, उनीहरुको काम हाम्रो शत्रु हो, जनतालाई दास बनाएको काँग्रेसले हेर्न सक्दैन, जनताले चुनेको सरकार भएकाले हामीले जनताको मतको कदर गरेका छौं, अहिलेको सरकारले सबैभन्दा पहिला आफ्नो नियत राम्रो राख्न जरुरी छ।’ 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad