coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हावाहुरी पीडित परिवारलाई २० हजारका दरले दिने सरकारको निर्णय

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरीका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप जनही रु एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले हावाहुरीका कारण पूर्ण क्षति भई पीडित भएका परिवारलाई जनही रु २० हजार र आंशिक क्षति पुगेका परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए।

यसैगरी पशुपक्षी र कृषिमा पुगेको क्षतिको अध्ययन गरी मापदण्ड बनाएर विषयगत मन्त्रालयले राहत वितरण गर्ने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ। गत बिहीबार राति आएको भीषण हावाहुरीले कैलालीमा दुई जनाको मृत्यु भएको थियो भने ७६ जना घाइते भएका थिए।

घाइतेमध्ये तीन जनाको जिल्ला बाहिरका अस्पतालमा र अन्य छ जनाको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ६६ जना भने उपचारपछि घर फर्किएका छन्। रासस

प्रकाशित: २६ जेष्ठ २०७६ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App