४ वैशाख २०८१ मंगलबार
समाज

मिनी ट्रक दुर्घटना हुँदा ६ जना घाइते

रसुवा- रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ सोलेखोलामा मिनी ट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेका २३ वर्षीय नुर्बु तामाङ, ५ वर्षीय रोयाङ तामाङ, ३५ वर्षीय याङचिन तामाङ, ५० वर्षीय च्याप्ली तामाङ, ६ वर्षीय मेलिना घले र ४७ वर्षीय मेङ ग्याल्बो घले रहेका छन्।

५ वर्षीय रोयाङ तामाङलाई उपचारको लागि कान्ति बाल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए। ठाडेबाट धुन्चे जाँदै गरेको मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना भएको हो।

               

 

प्रकाशित: २६ जेष्ठ २०७६ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App