coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विद्युतका संरचनामा ७५ लाख रुपैयाँ भन्दा बढीको क्षति

कञ्चनपुर– हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युत संरचनामा व्यापक क्षति पुगेको छ।

हावाहुरीका कारण विद्युत्का संरचनामा ७५ लाख रुपैयाँभन्दा बढी क्षति भएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ। हावाहुरीले विद्युत् प्रशारण लाइनका पोल ढालेको, टुटेको, तार चुडालेको र ट्रान्सफर्मर पोलसँगै खस्दा क्षति भएको केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले बताए। उनका अनुसार हावाहुरीका कारण सबैभन्दा बढी कृष्णपुर नगरपालिकाको रैकवार विचवामा मात्रै १७४ पोल ढलेका र टुटेका छन्। त्यस्तै, भीमदत्त नगरपालिकामा १००, बेलौरी वितरण केन्द्रअन्र्तगतका स्थानमा १५०, शुक्लाफाँटामा ३५ र बेदकोट नगरपालिकामा ३० पोल ढलेका छन्। जिल्लाका दुई स्थानमा पोलसँगै दुई वटा ट्रान्सफर्मरसमेत खसेर नोक्सानी भएको छ।

कार्यालय प्रमुख गुप्ताका अनुसार एक पोलमा १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। 'हावाहुरीसँगै ढलेका रुखहरु विद्युतीय संरचनामा खस्दा र तार चुडाँलेर लैजादा प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ', प्रमुख गुप्ताले भने, 'अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि पोल राख्ने, तार जोड्ने लगायतका कार्य द्रुत गतिमा अगाडि बढेका छन्।'

मुख्य बजार क्षेत्रका अधिकांश स्थानको विद्युत् सेवा सञ्चालन भएको छ। ग्रामीण क्षेत्रका अधिकांश स्थानको विद्युत् सेवा सञ्चालन भइसकेको र हुन नसकेका स्थानमा प्राविधिक टोलीले कार्य गरिरहेको प्रमुख गुप्ताले जानकारी दिए। रासस

प्रकाशित: २६ जेष्ठ २०७६ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App