विश्वविद्यालय समृद्धिका सम्वाहक : राष्ट्रपति भण्डारी

आइतबार, २६ जेठ २०७६, १३ : ११ नागरिक

काठमाडौं- राष्ट्रपति विद्या भण्डारीले 'समृद्ध नेपालः सुःखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु सम्बाहक शक्तिको रुपमा उदाउनुपर्नेमा जोड दिएकी छन्।

राष्ट्रपति भण्डारीले विश्वका अन्य मुलुकमा विश्वविद्यालयहरुले देशको समृद्धिको लागि दिएको योगदानबाट सिकेर नेपालका विश्वविद्यालयहरु अघि बढनुपर्ने पनि स्पष्ट पारिन्। आईतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको अन्तराष्ट्रिय स्तरको शैक्षिक सम्मेलनलाई राष्ट्रपति भवन शीतल निवासमा उद्घाटन गर्दै उनले उच्च शिक्षालाई समय सापेक्ष र जनमुखि बनाउन विद्यालयहरु अग्रसर हुनुपर्ने पनि स्मरण गराइन्। राष्ट्रपति भण्डारीले सो सम्मेलनले नेपालमा गुणस्तरीय र जनमुखि शिक्षाको प्रवद्र्धनमा सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गर्नु गरिन्। उनले विश्वविद्यालय शिक्षाको अन्तराष्ट्रियकरण अपरिहार्य रहेको उल्लेख गर्दै विश्वविद्यालय शिक्षाले उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पुर्‍याउनुपर्ने आवश्यक्ता पनि औंल्याइन्।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा. तीर्थराज खनियाले विश्वविद्यालय शिक्षालाई अन्तराष्ट्रियकरण गर्न सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारे।

२ दिनसम्म चल्ने सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिन्ल्याण्ड, भारत, सिंगापुर र नेपालका ख्याती प्राप्त प्राध्यापकहरुले कार्य पत्र प्रस्तुत गर्ने छन्। सम्मेलनबाट आर्जित ज्ञान र अनुभवबाट त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको पनि त्रिभुवन विश्वविद्यालयका उपकूलपति खनियाले बताए।

 







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad