coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विप्लव समूहका सेक्रेटरीसहित १८ नेता तथा कार्यकर्ता पक्राउ

काठमाडाैँ - सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहका १८ नेता तथा कार्यकर्तालाई पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य मिलन राई र जिल्ला अध्यक्ष काजी गुरुङ, लगायत १८ जना रहेका छन्।

कास्की प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई अन्नपूर्ण गाउँपालिकाबाट नियन्त्रणमा लिएको हो। शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा केही दिनअघि देखि नै प्रहरीले अप्रेशन चलाएको थियो।
विप्लव समूहका नेता तथा कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरुलाई गिरफ्तार गरेको हो। उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।  उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७६ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App