coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अस्ट्रेलियाविरूद्ध भारत, ३६ वर्षपछि इङल्याण्डमा ताेडिएला इतिहास?

काठमाडाैं– जारी एकदिवसीय विश्वकपको आजको खेलमा उपाधि दावेदार टिमहरु भारत र अस्ट्रेलिया उत्रँदै छन्। लण्डनस्थित ओभल मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बाट शुरु हुने छ।  २ खेल खेलेको अस्ट्रेलिया र १ खेल खेलेको भारतले जारी प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेका छन्। अस्ट्रेलियाले यसअघि वेस्ट इण्डिज माथि १५ रन तथा अफगानिस्तानमाथि ७ विकेटको जित निकालेको थियो। त्यस्तै, भारतले दक्षिण अफ्रिकामाथि ६ विकेटको जित निकालेको थियो।

भारत र अस्ट्रेलियाबीच अहिलेसम्म १३६ वटा खेल भएको छ जसमा अस्ट्रेलियाले ७७ र भारतले ४९ खेल जितेका थिए भने १० खेल नतिजाबिहीन भएको थियो। त्यस्तै, विश्वकपमा यी टोली ११ पटक आमनेसामने भएका थिए जसमा अस्ट्रलियाले ८ र भारतले ३ खेल जितेको थियो।

आजको खेलमा भारत र अस्ट्रेलिया २० वर्षपछि इङल्याण्डको मैदानमा आमनेसामने हुँदैछन्। पछिल्लो समय १९९९ को विश्वकपमा अस्ट्रेलियाले भारतलाई इङल्याण्डमा हराएको थियो। भारतले ८ वर्षयता विश्वकपमा अस्ट्रेलियालाई हराउन सकेको छैन। इङ्ग्ल्याण्डको मैदानमा यी टोलीको चौथो प्रतिस्पर्धा हो। इङ्ग्ल्याण्डको मैदानमा ३६ वर्षयता भारतले अस्ट्रेलियालाई हराएकाे छैन।

प्रकाशित: २६ जेष्ठ २०७६ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App