मच्छिन्द्रनाथ जात्राको महत्व

आइतबार, २६ जेठ २०७६, ११ : ५७ नागरिक

शान्तराज शाक्य
नेपालमा मनाइने जात्रा पर्वमध्ये पुरानो र सबैभन्दा लामो जात्रा नै रातो मच्छिन्द्रनाथको रथ जात्रा हो। जुन आज अन्तिम चरणमा ललितपुरको पाटनमा चलिरहेको छ। रथ निर्माण गरी त्यसलाई तानेर शक्तिपीठहरूमा लगी मनाउने गरिन्छ। यसरी हरेक वर्ष मनाइने यस जात्रामा पाटनवासी मात्र हैन, उपत्यकावासीकै सहभागिता र सहकार्य रहँदै आएको छ। त्रिलोककै जात्राका रूपमा परिभाषित, हरेक जाति, वर्ग र क्षेत्र समेटिने हुँदा यस पर्वलाई विश्व समुदायकै साझा जात्राका रूपमा पनि चित्रण गर्न सकिन्छ। अर्कातिर आफ्नै विशेषता र मौलिक परम्परा भएकाले आधुनिक युगमा समेत मच्छिन्द्रनाथको जात्रालाई मानव सिर्जना र प्रतिभाको उत्कृष्ट नमुनाका रूपमा लिइन्छ।

हरेक जाति, वर्ग र क्षेत्र समेटिने हुँदा यस पर्वलाई विश्व समुदायकै साझा जात्राका रूपमा पनि चित्रण गर्न सकिन्छ।

जलयात्रा
राजा नरेन्द्रदेव, वन्धुदत्त बज्राचार्य र ललित किसानको टोलीले रातो मच्छिन्द्रनाथलाई आसामको कामारु कामाक्षाबाट नेपाल ल्याउने क्रममा कटुवाल दह, दुकुछाप र दनुवार गाउँको बाटो हँुदै काठमाडौँ उपत्यका भिœयाएको किंवदन्ती छ। मच्छिन्द्रनाथलाई डोकोमा हालेर ल्याउँदै गर्दा बीच बाटोमा बिसाउन नहुने ठाउँमा बिसाएको हुनाले सो स्थानमा डोकोको पिँधको छाप बस्न गएछ। हाल उक्त स्थानमा दनुवार गाउँ पर्छ भने अर्को गाउँको नामै डोकोको अपभं्रश भई दुकुछाप रहन गएको स्थानीय बूढापाका बताउँछन्।

दुकुछाप तथा दनुवार गाउँलगायत आसपासका गाउँमा मच्छिन्द्रनाथ लिन आउने र लिएर जाने यी दुई दिनलाई जलयात्रा पर्वका रूपमा मनाउने गरिन्छ। रोटी दान गर्नेलगायत नयाँ बालीका रूपमा भित्रिने अन्न रातो मच्छिन्द्रनाथलाई चढाएर नाचगान गर्दै स्थानीयले धूमधाका साथ यो पर्व मनाउने गर्छन्।

भोटो जात्रा
किंवदन्तीअनुसार नागलोकका राजा नागराजकी श्रीमतीको आँखा दुख्ने रोग कुनै औषधिले निको हुन नसकेपछि एक दिन नागराज मनुष्यको रूप लिई खेत खन्दै गरेको किसानसामु जान्छन्। र, ‘फलानो वैद्यराज भन्ने तपार्इँ नै हो’ भनेर एक्कासि प्रश्न गर्दा विचरा सोझा किसान अति नै अलमलिँदै भुलवश ‘हुँ’ भन्न पुग्छन्। त्यसपछि नागराजले आफ्नो वास्तविक रूपमा आएर भने– ‘हे वैद्यराज, मेरी श्रीमतीको आँखा दुखाइ कुनै औषधिले सञ्चो भएन। कृपागरी हजुरले उपचार गरिदिनुप¥यो।’ नागराजको अनुरोधले किसान धर्म संकटमा पर्छन्। आफू वैद्य होइन भनेर भनूँ कुनै नोक्सान पो गर्ने हो कि भन्ने भय ! त्यसकारण ती किसान चूपचाप नागराजसँगै नागलोक पुगेछन्।

नभन्दै नगराजकी श्रीमती आँखा दुखाइले निकै छटपटाइरहेकी रहिछन्। तर अब विचरा किसान के गर्ने, के नगर्ने अन्योलमा पर्छन्। त्यसपछि किसान मनमनै मन्त्र जपजस्तो गर्छन् र कान पछाडिका मयल निकाली दिनको दुईचोटि पानीमा चोपेर आँखामा लगायो भने केही दिनभित्रै निको हुनेछ भनेर त्यहाँबाट बिदा हुन्छन्। नभन्दै संयोगवश केही दिनमै नागराजकी श्रीमतीलाई सञ्चो भएछ। त्यसपछि अति प्रसन्न हुँदै नागराजले किसानलाई जे मागे पनि दिने वचन दिएछन्। किसानका आँखा भने नागराजले लगाइराखेको बहुरत्नजडित भोटोमा थियो। उनले त्यही भोटो लगाउन पाए पुग्छ भनेछन्। त्यसपछि नागराजले आफूले लगाएको भोटो तुरन्तै फुकालेर किसानलाई दिए र बिदा भए।

अब ती किसान नागराजबाट पाएको त्यो बुहुमूल्य रत्नजडित भोटो लगाएर हिँड्न थाले। यही क्रममा एक दिन किसान उक्त भोटो फुकालेर खेतको डिलमा राखी काम गर्दै थिए। त्यही मौका छोपेर एकजना लाखे (राक्षस) ले उक्त भोटो चोरेर लगेछ। काम सकेपछि भोटो लगाउनुप¥यो भनेर किसान हेर्छन् त भोटो छैन। चारैतिर हेर्छन्, तर भेट्दैनन्। त्यसपछि निराश भएर उनी घर फर्किन्छन्।

समय बित्दै गयो। एकदिन ती किसान मच्छिन्द्रनाथको जात्रा हेर्न जावलाखेल पुग्छन्। संयोगवश उनको भोटो चोरेर लाने त्यो लाखे (राक्षस) पनि त्यही भोटो लगाएर जात्रा हेर्न आएको रहेछ। अनि उनी रिसले चुर हँुदै किसान लाखे नजिक गएर भोटो माग्न थाल्छन्। तर उसले पनि भोटो आफ्नै भएको जिकिर गर्दै दिन मान्दैन। दुईबीच भनाभन र झगडा हुन थाल्यो। जात्रा हेर्न आएकाहरूको ध्यान उनीहरूको झगडातिर केन्द्रित भयो। अन्तमा उक्त विवाद राजासमक्ष जाहेर हुन्छ। राजाले भने– ‘लौ, यो भोटो तिमीहरू दुईमध्ये कसको हो ? आआफ्ना तर्फबाट दरिलो प्रमाण पेस गर।’ त्यसपछि भोटो आफ्नो हो भनेर दुवैले तर्कसाथ दाबी गरे। तर दुवैले चित्तबुझ्दो तर्क र प्रमाण पेस गर्न सकेनन्।
घाम अस्तायो तर विवाद टुंगो लागेन। त्यसपछि राजाले उनीहरू दुईसहित जात्रा हेर्न आएका सबैलाई पुनः भोलि जावलखेलमै जम्मा हुन उर्दी जारी गरे। त्यतिन्जेलका लागि बहुमूल्य रत्नजडित उक्त भोटो मच्छिन्द्रनाथलाई नै नासो भयो भनेर अर्पण गरी सबै आआफ्ना घर गए। भोलिपल्ट भोटो कसको हो भनी निसाफ गर्न फेरि राजालगायत राज्यका सबै भारदार तथा जनता जावलाखेल उपस्थित हुन्छन्। तर त्यहाँ भोटो दाबी गर्ने न किसान देखा परे न त लाखे (राक्षस) नै ! त्यसपछि मच्छिन्द्रनाथको रथमा चढेर चार दिशाबाट चारपल्ट यो भोटो कसको हो भनेर देखाइयो तर मेरो हो भन्ने दाबी गर्न कोही आएनन्। कसैले दाबी नगरेपछि त्यो भोटो त्यसबेलादेखि आजसम्मै मच्छिन्द्रनाथकै नासोका रूपमा रहेको किंवदन्ती पाइन्छ।
त्यसबेला इन्साफका लागि भोटो देखाइएकामा पछि गएर त्यससले भोटो जात्राका रूप लिएको बताइन्छ। अहिले पनि उक्त जात्राका दिन जावलाखेलमा मच्छिन्द्रनाथ दर्शन गर्न राष्ट्रप्रमुखलगायत राज्यका विशिष्ट व्यक्ति उपस्थिति हुने गर्छन्।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad