coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आज भोटो जात्रा, साँझ ५ः१५ को साइत

ललितपुर - उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ। साझँ ५ः१५ बजे गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीलगायत राज्यका उच्च पदस्थ व्यक्तिहरूलाई भोटो देखाउने छन्।

भोटो देखाउने सबै तयारी पूरा भएपछि भोटोजात्राको समयतालिका तय गरिएको हो। साझँ ५ बजे जावलाखेलमा राष्ट्रपति भण्डारी उपस्थिति भएपछि उनलाई स्वागत र प्रसाद ग्रहण गराएपछि भोटो देखाइने छ। गुठी संस्थान ललितपुर शाखा प्रमुखले नै भोटो देखाउने परम्परा छ। जेठ २३ गते बिहीबार लगनखेलस्थित थटी टोलबाट रथलाई जावलाखेल पु¥याइएको हो। भोटो देखाएपछि जात्रा समापन हुनेछ। भोटो देखाउन जेठ ९ मा साइत हेरिएको थियो।

संस्कृतिविद् हरिराम जोशीका अनुसार करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित छ। यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ। ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ। विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन्। १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ। हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्।

जात्राको यसबाहेक अन्य किंवदन्ती पनि छन्। पहिलो किंवदन्ती अनुसार नागराज कर्कोटककी रानी आँखा नदेख्ने रोगले पीडित भइन्। उनको उपचारका लागि वैद्यको खोजीमा कर्कोटक आफैं निस्किए भनिन्छ। दोस्रो किंवदन्ती अनुसार कुनै समय किसान र ती व्यक्तिका बीच भोटोको स्वामित्वका विषयमा विवाद सुरु भएको थियो। तेस्रो किंवदन्ती अनुसार राजा वरदेवको शासनकालमा अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भित्र्याइएको हो।

जावलाखेलमा भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पु¥याइन्छ। रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने गरिन्छ। जात्रा सकिएर बुङमती पु¥याइएको रथ छ महिनासम्म त्यहीँ राखेर साइतअनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ।
 

प्रकाशित: २६ जेष्ठ २०७६ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App