८ वैशाख २०८१ शनिबार
समाज

शिक्षक सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सोलुखुम्बु – थुलुङ दूधकोसी गाउँपालिकाले गरेको शिक्षक सरुवा आगामी असार ३ गतेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शिक्षक सरुवाविरुद्ध अदालतमा परेको रिटको आधारमा शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

गाउँपालिकाले शैक्षिक सुधारका लागि भन्दै गत वैशाख २५ गते ६७ जना शिक्षकको सरुवा गरेको थियो। सो सरुवा राजनीतिक आस्थाको आधारमा भएको भन्दै कतिपय जनप्रतिनिधि र शिक्षकले असन्तुष्टि जनाउँदै आएका थिए।

प्रकाशित: २६ जेष्ठ २०७६ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App