coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन

रौतहट - रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की पटक–पटक सरुवा हुँदा पनि नगएपछि स्थानीयले उनीविरुद्ध प्रदर्शन गरेका छन्। सरकारले पटक–पटक सरुवा गर्दा पनि सरुवा भएको ठाउँमा कार्की नजाँदा अनेक शंका उब्जाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई पसम्म सरुवा गरिसकेको छ। सरुवा भएको ठाउँमा नगएर कार्की कानुनविपरीत, आफूखुसी गौर नपामै डेरा जमाई बसेपछि सोको विरोधमा स्थानीय युवाले चर्को नाराबाजीसहित जुलुस प्रदर्शन गरेका हुन्।

पछिल्लोपटक सरुवा भएपछि कार्कीले आफूखुसी लेखा अधिकृत पवन महतोलाई निमित्तको जिम्मेवारी दिएर मंत्रालयलाई चुनौती दिएका छन्। मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सुम्पेको व्यक्तिलाई कार्कीले काम गर्ने वातावरण बनाउनुको साटो मन्त्रालयको आदेशविपरीत महतोलाई निमित्त प्रमुख दिएर आफ्नो नियन्त्रणमा नगरपालिका राख्न खोजेको युवा संघर्ष समितिका अध्यक्ष विक्रान्त नेपालको आरोप छ।

गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरिसकेका कार्कीले आफू माथिको निकाय संघीय मामिला तथा सामान्य प्रशासनको निर्देशनलाई बेवास्ता गरी विधिको शासन तथा नेपाल सरकारको निर्देशन पालना नगरेको नेकपाका युवा नेतासमेत रहेका नेपालले बताए।

मंत्रालयले सरोजकुमार लाल दासलाई निमित प्रमुख प्रशासकीय अधिकृत बनाउँदा समानान्तर रूपमा आफैं पदमा नभएका कार्कीले नियविपरीत निमित्त तोक्नु अवैध रहेको भन्दै गौरका स्थानीय विरोधमा उत्रेको समाजसेवी भूषण सिंहले बताउँछन्। उनले सरकारले खटाएको ठाउँमा कार्की तत्काल नगए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन्। पटक–पटक सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत कार्की फिर्ता नगएसम्म तथा मंत्रालयले जिम्मेवारी तोकेका निमित प्रमुख प्रशासकीय अधिकृत दासलाई कार्यभार दिनुपर्ने माग गर्दै आफूलगायत सैयौ युवा आन्दोलित भएको उनले बताए।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयको चलानी नम्बरं ४९७२ को पत्रानुसार गौर नपाको निमित प्रमुख प्रशासकीय अधिकृतको रूपमा दासलाई जेठ १७ गते कार्यभार तोकेर पठाए पनि नपाले कामकाज गर्न नदिएको अधिकृत दासले गुनासो गरेका छन्।
मंत्रालयले दिएको निर्देशनविपरीत नगरपालिकाको कार्यालयले लेखा अधिकृतलाई निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको ज्ञापन–पत्रमार्फत जनाइएको छ।

पटक–पटक सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई फिर्ता जानुपर्ने तथा संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्यभार दिएका दासलाई बहाल गर्नुपर्ने विरोध प्रदर्शनकारीको माग छ।

प्रकाशित: २६ जेष्ठ २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App