निर्मला पन्तका हत्याराको संरक्षण सरकारले नै गरेको छः नेता गजुरेल

शनिबार, २५ जेठ २०७६, २० : २० नागरिक

काठमाडौं- निर्मला हत्यापछि पनि धेरै घटनाहरु घट्नुमा सरकारी उदासिनता जिम्मेवार रहेको वक्ताहरुले ठहर गरेका छन्। शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को आयोजनामा 'बढ्दो महिला हिंसा र यसको निकास' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले शक्ति र कानूनको दुरुपयोग नर्गन चेतावनीसमेत दिएका छन्। 

कार्यक्रमलाई संबोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले समाज एकलौटी भएर नलड्दासम्म कानूनले मात्रै महिला हिंसा रोक्न नसक्ने बताए। गजुरेलले वर्तमान सरकारले निर्मला पन्तका हत्याराहरुकै संरक्षण गरेकोले अपराधीहरु बचिरहेको आरोप लगाए। उनले भने, "यदि सरकारले संरक्षण गरेको छैन भने अहिलेसम्म किन कारबाही हन्न?" देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालका अध्यक्षसमेत रहेका गजुरेलले देशको आमुल परिवर्तनका खातिर लडेको तत्कालिन क्रान्तिकारी नेतृत्वको आत्मसमर्पण तथा आन्दोलनप्रतिको गद्धारीको परिणम आजको महिला हिंसा पनि रहेको उनको ठहर छ। उनले अगाडि भने, "प्रचण्डले जहाँ पनि आत्मसर्मपरण्को संस्कार बसाए, क्रान्तिमा अत्मसमर्पण, पछिल्लोपटक ओलिसँग आत्मसमर्पण, अहिले अमेरिकासंग आत्मसमर्पण यिनको हरुवा चालले प्रतिक्रान्तिले घर गरेको छ। जसले गर्दा जनयुद्धमा उत्साहित महिलाहरुलाई फेरी चुलो–चौको र महल भित्रै कैद हुने अवस्था आएको छ।"

गजुरेलले अहिले जे जस्तो भए पनि देशमा एकदिन क्रान्तिकारी झण्डा पुनः एकपटक जोडदारसँग उठ्ने र त्यसको नेतृत्व होचानीमुुखा, उत्पीडित महिलाहरुले गर्ने र मुक्तिकामी आन्दोलनले सबैको न्याय गर्ने धारणा राखे।

समाजवादी पार्टी नेपालकी उपाध्यक्ष हिसिला यमीले महिलाको जन्मदेखि नै पीडा र वेदनाबाट सुरु हुने भएकोले महिलाप्रति समाजले न्यायको लागि नयाँ किसिमको धारणाको विकास गर्न जरुरी भएको बताइन्। सहभागिता तथा समावेशी सहितको समृद्धि र विकासको विकल्प नभएको र त्यसमा आफनत्वको कमिले समाजमा हिंसाले ठाउँ पाउने गरेको उनको ठहर छ। जुन हिंसा वर्तमान समयमा अकल्पनियरुपमा बढेको बताउँदै भनिन्,"आज मेयरबाट उपमेयरहरु पीडित भएका छन, यसलाई राजनीतिक हिंसा भन्न सकिन्छ। उत्पीडित समुदायबाट पनि महिला नै उत्पिडित हुनुले समाज कहाँ जाँदै छ भन्ने कुरा प्रष्ट भएको।" यमीले जसको समाधान हातहातमा शिक्षा र रोजगार भएको बताइन् ।

आयोजक अखिल नेपाल महिलासंघ(क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडबरीले सो कार्यक्रममा कार्यपत्र पेस गरिन्, उनले वर्तमान नयाँ कानूनले पनि विगतमा जस्तै महिलालाई प्रशस्त अधिकार दिए पनि त्यो कार्यान्वयनको कमिको कारण महिला हिंसा या समस्या घट्नुको साटो बढेर गएको बताइन्। 








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad