coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मापदण्ड विपरित सञ्चालित ल्याब र मेडिकल सिल

सुर्खेत– जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरका दुईवटा ल्याब र एउटा मेडिकल हल सिल गरेको छ। गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरेन्द्रनगरका पाँँच वटा नर्सिङ होम, पोलिक्लिनिक र मेडिकल हलको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा सुभास मेडिकल हलले अर्कैको नाममा मेडिकल सञ्चालन गरेको पाइएको थियो। ‘विवेक मेडिकल हलको नाममा दर्ता गरेर शुभास मेडिकल हलको नामबाट मेडिकल सञ्चालन गरेको पाइयो’, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘अर्कैको नाममादर्ता गरेकाले मेडिकलमा सिल गरेका हौं।’ 

यस्तै सुभास मेडिकलले नवीकरण नगरेरै पोलिक्लिनिक पनि सञ्चालन गरिरहेको पाइएको छ। प्रजिअ पोखरेलले नवीकरण नगरेरै सञ्चालन भइरहेको बुलबुले डायनोष्टिक तथा पोलिक्लिनिक सँगै सुभास मेडिकलमा सिल गरिएको बताए।

प्रशासनले आशा मेडिकल हल र तृप्ती मेडिकल हलले सञ्चालनगरिरहेका ल्याबहरु पनि सिल गरेको छ। आशा मेडिकल हलले पोलिक्निक दर्ता गरेको भए पनि ल्याब र डे«सिङ रुम एउटै कोठामा राखेको पाइएको उनले जानकारी दिए। यस्तै तृप्ती मेडिकलले अनुमतिविनै ल्याब सञ्चालन गरेकाले सिल गरिएको उनले  बताए।

प्रकाशित: २५ जेष्ठ २०७६ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App