८ वैशाख २०८१ शनिबार
समाज

चाउचाउ गोदाममा आगलागी

चितवन– पूर्वी चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ।

इलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार आज बिहान १०ः२० बजे रत्ननगर नगरपालिका–१४ मा रहेको एबिसी चाउचाउको गोदाममा आगलागी भएको हो। कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार आगो नियन्त्रणमा आइसकेको छ भने क्षतिको विवरण आउन बाँकी रहेको छ। विद्युत् चुहावट हुँदा आगलागी भएको उनले जानकारी दिए। स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। आगोका कारण उत्पादित चाउचाउ र बोराको गोदाममा क्षति पुगेको छ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App