coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चेल्सीद्वारा कोर्ट अफ आर्बिट्रेसनमा अपिल

लन्डन– दुई ट्रान्सफर विन्डोको प्रतिबन्ध फुकुवाका लागि इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस्(सिएएस)मा अपिल गरेको छ।

किशोर फुटबलर अनुबन्धन गर्दा फिफाको नियम उल्लङ्घन गरेको आरोपमा एक वर्ष नयाँ खेलाडी भित्र्याउन प्रतिबन्ध लागेको चेल्सीले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टसमा प्रतिबन्ध फुकुवाका लागि अपिल दर्ता गराएको हो। चेल्सीले १८ वर्षभन्दा मुनिका फुटबलर अनुबन्धित गर्दा नियम उलङ्घन गरेको भन्दै फिफाले दुई ट्रान्सफर विन्डोका लागि खेलाडी भित्राउन प्रतिबन्ध लगाएको थियो।्र

चेल्सीले त्यसलगत्तै गत अप्रिलमा फिफा समक्ष पुर्नविचारका लागि अपिल गरे पनि फिफाको अपिल कमिटीले अस्विकार गरेको थियो। त्यो निर्णयसँगै चेल्सीले कोर्ट अफ आर्बिट्रेसनमा जाने जनाएको थियो। आगामी ८ अगस्टमा ट्रान्सफर विन्डो सकिनेछ। त्यस अगावै सिएएसको निर्णय चेल्सीको अपिल अनुरूप आएमा इङ्लिस क्लबलाई राहत मिल्नेछ। सिएएसले प्यानलको निर्णय नआएसम्म तत्कालका लागि केही भन्न नमिल्ने जनाइसकेको छ।

चेल्सीले प्रतिबन्ध अगावै अमेरिकी स्टार क्रिस्टियन पुलिसिकलाई गत जनवरीमा बोरुसिया डर्टमन्डबाट ५८ मिलियन युरोमा क्लबमा भित्राएको थियो। त्यस लगत्तै फिफाले चेल्सीलाई फेब्रुअरीमा प्रतिबन्धसँगै ६ लाख स्विस फ्रान्क जरिवाना लगाएको थियो। प्रतिबन्धको समयमा क्लबका भरपर्दा खेलाडी इडेन हजार्डले पनि आफू क्लब छाड्ने सार्वजनिक गरिसकेका छन्।

रियाल मड्रिडले पनि हजार्डको लागि ८८ मिलियन युरो प्रस्ताव गरेको सञ्चारमाध्यमले जनाइरहेको छ। चेल्सीका प्रशिक्षक माउरिसियो सारीले पनि नयाँ खेलाडी भित्राउन नपाएको स्थितिमा लिभरपुल र म्यानचेस्टर सिटी जस्ता टोलीसँग आगामी सिजन राम्रो गर्न नसकिने यसअघि नै सार्वजनिक गरिसकेको छन्। ६० वर्षे इटालियन प्रशिक्षक सारीले आगामी समर विन्डो कम्तिमा दुई खेलाडी भित्राउनु पर्ने बताएका छन्।

चेल्सीका स्टार टमी अब्राहम(अस्टन भिल्ला), मिची बात्सुयी(क्रिस्टल प्यालेस), अल्भारो मोराटा (एट्लेटिको मड्रिड), भिक्टोर मोसेस(फेनेरबाचे), केनेडी (न्युक्यासल), टिइमोयु बाकायोको (एसी मिलान) र कुर्ट जौमा (एभर्टन)मा लोनमा गत सिजन गएका थिए। एक दर्जनभन्दा युवा खेलाडी पनि लोनमा अन्य क्लबहरूमा गएका छन्।

किशोर फुटबलर अनुबन्धन गर्दा फिफाको नियम उल्लङ्घन गरेको आरोपमा एक वर्ष नयाँ खेलाडी भित्र्याउन प्रतिबन्ध लागेको चेल्सीले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टसमा प्रतिबन्ध फुकुवाका लागि अपिल दर्ता गराएको हो।

 

प्रकाशित: २५ जेष्ठ २०७६ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App