coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

धोनीको पञ्जा विवादः बिसीसीआईको प्रस्ताव आइसीसीद्वारा अस्वीकार

काठमाडौं– एकदिवसीय विश्वकपका क्रममा भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले लगाएको पञ्जा केही दिनयता सामाजिक सञ्जालमा चर्चा छ। बुधबारकाे दक्षिण अफ्रिका र भारतकाे खेलका क्रममा धोनीको पञ्जा निकाल्दै गरेको एउटा तस्बिर भाइरल भएको छ जसमा सेनाको 'बलिदान' अंकित लोगो रहेको छ। धोनीले सन् २०११ आर्मीमा लेफ्टिनेन्ट कोलोनेलको मानार्थ उपाधी पाएका थिए।

आईसीसीले बिसीसीआई मार्फत पञ्जामा रहेको बलिदान अंकित चिन्ह हटाउन निर्देशन दिएको थियो। यद्यपि, विसीसीआईले शुक्रबार आईसीसीलाई पत्र लेख्दै विकेटकिपिङ पञ्जामा 'बलिदान'को लोगो राख्न अनुमति मागेको थियो। तर, आइसीसीले भने बिसीसीआईको प्रस्ताव नकारेको छ।  आईसीसीको नियम अनुसार धार्मीक, राजनीतिक, व्यापारिक या सेनाको लोगो अंकित सामाग्री खेलाडीले प्रयोग गर्न पाउँदैनन्।

प्रकाशित: २५ जेष्ठ २०७६ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App