८ वैशाख २०८१ शनिबार
समाज

चन्दननाथ नगरपालिका लागुऔषध विरोधी अभियानमा

चन्दननाथ नगरपालिकामा आयोजित लागुऔषध बिरुद्धको कार्यक्रम: डिबी /नागरिक

जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिकाले लागुऔषध विरुद्धको अभियान थालेको छ। पछिल्लो समयमा लागुऔषध सेवन, बेचबिखन, ओसार पसारका क्रियाकलाप बढ्न थालेपछि लागुऔषध विरुद्धको अभियान थालेको हो। समयको विकास क्रमसंगै लागुऔषध दुव्र्यसनीको मात्रा बढेको देखियो, मेयर कान्तिका सेजुवालले भनिन्,‘अभियानका माध्यमबाट लागुऔषध नियन्त्रण गर्न खोज्दैछौँ। ’

काम नपाउनु, बेरोजागर हुनु, सामाजिक आर्थिक तथा पारिवारिक पक्षबाट तनावमा पर्नु लगायतका कारण युवाहरु लागुऔषध दुव्र्यसनीमा लागेको पाईन्छ, उनले भनिन्,‘लागु औषध जन्य क्रियाकलाप रोक्न सचेतनाका क्रियाकलाप अघि बढाउदैछौँ। ’ विशेष गरी चन्दननाथ नगरपालिका भित्रका विभिन्न क्षेत्रबाट लागुऔषध प्रयोग गरिरहेको अबस्थामा प्रहरीले भेटाउने गरेको छ। 

चन्दननाथ नगरपालिकाले पत्रकार भेटघाटमार्फत लागुऔषध बिरुद्धको अभियान थालेको जानकारी दिएको थियो। लागुऔषध दुव्र्यसनीले युवा पुस्तामा प्रतिकुल असर परेको छ, त्यसैले चन्दननाथ नगरपालिको साताव्यापी लागुऔषध दुव्र्यसनी अन्त्यका लागि अभियान संचालन गरेको छ।   मेयर सेजुवालका अनुसार जेठ २४ गते देखि नगरक्षेत्रका ८ वटा विद्यालयमा चेतना मुलक कार्यक्रम शुरु भएको छ।

विद्यालय स्तरबाटै लागुऔषध दुव्र्यसनीका नकरात्मक असर तथा कानुनी दण्ड जरिवाना तथा सजायका सहजीकरण गरिने छ। उनले भनिन्,‘बिद्यालय पहिलो पाठशाला भएकोले लागु औषधका वेफाईदाका बिषयमा प्रशिक्षित पार्ने अभियानमा छौ। ’

विकास संग संगै युवा पुस्ताहरुमा पर्दै गएको लागु औषधको लत लाई छुटाउन चेतना अभिबृद्धिमा जोड दिने नगरपालिकाले जानकारी दियो।   पहिलो दिन सदरमुकाम खलंगा स्थित चन्दननाथ माबिबाट चेतना मुलक कार्यक्रम शुरु भएकोमा क्रमशः जनता मावि महतगाउँ,भैरब मावि ढुपीढुस्का, ज्ञानकुन्ज मावि,कर्णाली मावि अनामगर लगायत नगर क्षेत्र भित्रका सबै मावि विद्यालयमा साता व्यापी रुपमा चेतना मुलक कार्यक्रम चलाईने छ।

एक साताको चेतना मुलक कार्यक्रम सकिए लगत्तै नगरपालिका भित्रका सबै विद्यालयका कक्षा ९ र १० का विद्यार्थीको उपस्तिथीमा लागु औषध बिरुद्धको रयाली सहित बृहत कार्यक्रमको तर्जुमा भईरहेको छ । लागु औषध दुव्र्यसनीबाट युवालाई छुटाउन आगामी निति तथा कार्यक्रम र बजेट युवामैत्री बनाउने अठोट लिएको छ । नगरपालिकाले थालेको लागु औषध दुव्र्यसनी बिरुद्धको अभियानलाई साथ दिनको लागि अपिल गरेकी छिन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चालु आर्थिक बर्षमा लागु औषध ब्राउन सुगर बरामद र कार्वाहीका ५ वटा मुद्धा दर्ता भएका छन्। जसमा ९ जना प्रतिबादी छन्। यो अवधीमा ९ ग्र्राम ४३२ मिलीग्राम लागुऔषध बरामद भएको छ।  नियन्त्रणमा लिएका ५ जनालाई अनुसन्धान कार्य पुरा गरि जिल्ला अदालत जुम्ला पठाईसकिएको प्रहरी नायव उपरिक्षक रिजाल बताउँछन्। २ जना बालक भएकोले बालसुधार गृह नेपालगंजमा पठाइएको र २ जना धरौटीमा छुटेका छन्। एक जनालाई पुर्पक्षका लागि कारागार चलान भईसकेका छन्। यो समयमा ४ जना अनुसन्धानमा छन्।  जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध ओसार,पसार,सञ्चय र सेवन गर्ने शंकाका आधारमा प्रहरी परिचालन गर्ने गरेको छ। पछिल्लो समयमा लागुऔषध प्रयोगको संख्या बढ्दै जादा प्रहरीले निगरानीको कामलाई तिब्र पारेको छ।

प्रहरी नायव उपरिक्षक रिजालले भने,‘गाउँमा रहेका प्रहरी चौकीलाई कडा निर्देशन गरिएको छ। कर्णाली प्राविधिक शिक्षालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, उच्च मावि, क्याम्पस र सार्वजनिक सरोकार राख्ने स्थानमा सचेतना छर्दै आईराखेका छौँ। ’गाउँमा आमा समुह, युवाक्लव, बालक्लव,महिला सञ्जाललाई केन्द्रित गरेर लागुऔषध सेवनले पुर्याउने हानी नोक्सानीका बारेमा सहजीकरण गर्ने तयारी प्रहरीले गरेको छ। यो अभियानमा चन्दननाथ नगरपालिकाले पनि साथ दिएकोमा निकै खुसी भएकोमा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App