अनुभूति

किनेरै पढौं पुस्तक

शनिबार, २५ जेठ २०७६, १० : २२ शिवहरि घिमिरे  | @shivsamir

‘पुरानो कोट लगाऊ नयाँ पुस्तक पढ’, दार्शनिक हेनरी डेविट थोरोको यो भनाइलार्ई प्लसटु पढ्दा अंग्रेजी विषयका शिक्षक विनोद प्रजापतिले कक्षाकोठामा ज्यादै प्रयोग गर्नुहुन्थ्यो। सायद विद्यार्थीले किताब पढून् भनेर त्यसलाई बरोबर उच्चारण गर्नु भएको होला !

मलाई सरले बोलेको यो वाक्य ठिकै लाग्थ्यो। विद्यार्थीलाई किताब पढाउन उहाँले सारै हौस्याउने गर्नुहुन्थ्यो। कहिलेकाहीँ आफैले पनि अंग्रेजी उपन्यास ल्याएर दिनु हुन्थ्यो। एक दिन मैले सरसँग खालिद हुसेनको ‘द काइट रनर’ पुस्तक मागें। किताब लगेको पाँच दिनसम्म  पढेको थिइनँ। छ दिन पुगेपछि सरले किताब माग्नुभयो। किताब मागेपछि फिर्ता दिनै प¥यो। मैले दुईचार पाना मात्रै त्यो किताब पढेको थिएँ। त्यै पनि सबै सकाएँ भन्दै किताब फिर्ता दिएँ। किताब फिर्ता दिएको भोलिपल्ट सरले अर्को उपन्यास ल्याइदिनु भयो। त्योचाहिँ राम्ररी पढेरै फिर्ता गरिदिएँ। किताब फिर्ता गर्दा सर भन्नुहुन्थ्यो, ‘किताब मागेर पढ्नु राम्रो कुरा हो। पढेर फिर्ता दिने बानी बसाल्नुपर्छ।’

महिनामा मुस्किलले १० हजार रुपैयाँ आउँथ्यो तलब। त्यसको आधा पैसा किताबमै खर्चिन्थेँ।

हुन पनि हो अरूले चार–पाँच सय रुपैयाँ खर्चेर किनेको पुस्तक किन पो राख्नु ? पढेपछि फिर्ता दिए अर्को पढ्न पाइन्छ। केही समय सरसँग त्यही क्रम चलिरह्यो। सरले हप्ता दिनमा एकएक नयाँ पुस्तक ल्याइदिनुहुन्थ्यो। करिब एक दर्जन जति किताब पढ्नलाई सरसँग ल्याएको थिएँ होला। यसरी सरका किताब पढ्दापढ्दै मलाई किताबमोह बढ्न थाल्यो। ‘पढ्नु पर्छ हैे’ भन्ने सरको सुझावलाई पालना गर्न म पुस्तक पसलमा धाउन थालेँ। त्यतिबेला दिउँसो सातोतिनो जागिर गर्थेँ। महिनामा १० हजार रुपैयाँ मुस्किलले आउँथ्यो तलब। त्यसको आधा पैसा किताबमै खर्चिन्थेँ। तलब बुझेपछि किताब किन्न शनिबार पर्खेर बस्थेँ। त्यतिखेर किताब किन्न भक्तपुरको कमलविनायकबाट बागबजार आउथेँ। बागबजारस्थित बसपार्कसँगैको रत्न पुस्तक भण्डारमा बित्थ्यो दिन। त्यो पसल मलाई लाइब्रेरी जस्तै लाग्थ्यो, अहिले पनि फाट्टफुट्ट छिर्छु।  

त्यहाँ विषयगत आधारमा किताबको वर्गीकरण गरिएको थियो। त्यसैले खोज्न पनि सहज हुन्थ्यो। त्यहाँ छिरेपछि भित्र सजाएर राखिएका हरेक किताबप्रति उत्तिकै लोभ लाग्थ्यो मलाई। सबै किताब किन्न पैसा पुग्दैन्थ्यो। आवश्यक पर्ने र अलि महत्वपूर्ण किताब किन्थेँ। पढिरहेको विषय पत्रकारिता भएकाले त्यसप्रति अझ बढी चाख हुन्थ्यो मलाई। प्लसटु पढ्दाखेरि व्याचलर र डिग्रीमा काम लाग्ने किताब किन्थेँ। पसलमा राखिएका पत्रकारिता विषयका एकएकप्रति किताब लगभग मैले किनेको थिएँ। अहिले पनि कोठामा पत्रकारिता विषयका धेरै किताब सजाएको छु। मसँग अहिले नेपाली र अंंगे्रजी भाषाका गरी करिब पाँच दर्जनभन्दा बढी पत्रकारिताका किताब छन्। तीमध्ये धेरै किताब अचेल  बजारमा पाइन्नन्। प्लटु पढ्दाखेरि किनेका तिनै किताबले मास्टर्स डिग्री गर्दासम्म काम दिए। पत्रकारिता गर्दैगर्दा हिजोआज पनि किताब बेलाबेलामा पल्टाउँछु।

तल्काल पढ्न नभ्याउने भए पनि भर्खर बजारमा आएका नयाँनयाँ किताबमा पैसा खर्चिन मन मलाई लाग्थ्यो। पढ्न नभ्याउने भए पनि किताब किनेर कोठामा सजाएर राख्थेँ। एउटा टेबल र सिसावाला दराज किताबले भरियो। केही किताब भुइँमा पनि चाङ लगाएर राख्थे। करिब दुई वर्षजति आधा कमाइ किताबमा खर्चिएँ। कोठामा किताब र पत्रपत्रिकाको चाङ बन्यो। पाहुना बस्न आउनेले भन्थे, ‘यति धेरै किताब रहेछन्। सबै पढेर सकाएका त होलान् नि ?’
‘अहँ सबै पढेको छैन, धेरै किताब पढ्न बाँकी छन्। फुर्सद्मा पढ्छु,’ जवाफ दिन्थेँ।

कोठामै आउने किताबको महत्व नबुझ्ने कोहीकोहीले भन्थे, ‘कोठामा भद्रगोल बनाएर राख्नुभन्दा मधिसेलाई दिए हुन्थ्यो, तरकारी किन्न पैसा आउँछ।’ तर, मलाई थाहा छ टेबलभरि सजाएका किताबको महत्व। तिनैलाई हेर्दा मेरो मन खुसी हुन्छ। अलि पढेलेखेकाले किताब देखेर पढ्दो रहेछ भनेर प्रशंसा गरिदिन्छन्। यसमा पनि त मजा छ।

साथीभाइको आवतजावत बढ्न  थालेपछि मुस्किलले जोरेका ती किताब जोगाउनै मुस्किल प¥यो। कहिले को आउँछ कहिले को आउँछ। आएकामध्ये धेरैको आँखा तिनै किताबमा पर्दथ्यो। कहिलेकाहीँ आउने आफन्तले अहो यति धेरै किताब भन्दै अचम्मित हुन्थे। किताब पढ्न नजान्ने र रुचि नभएकाहरूले त्यसको वास्तै गर्दैन्थे। तर, किताबका भोकाहरू चाहिँ नयाँ किताब देख्यो कि लग्न खोज्थे। कतिपय साथीहरू पहिले लगेको किताब फिर्ता नदिई अर्को लान खोज्थे। एउटा किताबमा पनि कति किचकिच गर्नु भनेर केही भन्दैनथेँ। पैसा खर्चिएर किनेका धेरै पुस्तक साथीहरूले लगे। कसैले पनि फिर्ता दिन खोजेनन्। एक दिन त सारै झोक चल्यो। कतिलाई भनिदिन्थे, ‘अरू मागे पनि किताबचाहिँ किनेर पढ्दा राम्रो ?’

कतिपयको जवाफ हुन्थ्यो, ‘एकपटक पढ्ने त हो। किन त्यति धेरै पैसा खर्च गर्नु, म पढेर फिर्ता गर्छु तिमी पढ न।’ डेरामा आफन्तबाहेकका अन्य मिल्ने साथी पनि आउँथे। कोठामा पुग्ने कतिपय साथी त किताब छान्नमा व्यस्त हुन्थे। दुईचार दिनमा फुर्सद् भएपछि पढौँला भनेर राखेको किताब लिएर जान्थे। यस मानेमा म मनकारी थिए। कति जनाले लगे भने लेखाजोखाचाहिँ राखिनँ। तर, बोकेर गएकामध्ये १० प्रतिशतले पनि किताब फिर्ता दिएका छैनन्। त्यसैले म किताब किनेर पढ्ने मान्छे हुँ। अरूलाई पनि किनेर पढ्ने बानी बसालौं भन्ने आग्रह गर्छु।  








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad