सम्झना

कुशल समालोचक

शनिबार, २५ जेठ २०७६, १० : ०८ ज्ञाननिष्ठ ज्ञवाली

सूर्यविक्रम ज्ञवालीको जन्म विसं १९५५ जेठ २९ गते भएको हो। प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘साहित्यकार–कलाकार परिचय कोश’मा यिनको जन्म १९५५ असार लेखिएको छ, जुन त्रुटिपूर्ण छ। उनकै पारिवारिक स्रोतले जेठ २९ गते जन्म भएको जनाएको छ। डिट्टा तिलविक्रम र पार्वतीदेवीका पुत्रका रूपमा सूर्यविक्रम बनारसमा जन्मेका हुन्।

सूर्यविक्रम मूलतः समालोचकका रूपमा सुपरिचित छन्। यति भए पनि यिनले कविता, कथा र निबन्ध विधामा समेत आफूलाई उभ्याएको पाइन्छ। उनको ‘समस्यापूर्ति’ शीर्षकमा चार पङ्क्तिको एउटा मात्र कविता प्रकाशित छ। ०७२ सालको ‘गोर्खाली’ साप्ताहिक पत्रिकामा प्रकाशित कविताले उनलाई कवि बनाएको छ। त्यस्तै १९८५ सालमा देहरादूनबाट प्रकाशित ‘गोरखा–संसार’ मा ‘देवीको बलि’ कथा छापिएपछि उनी कथाकार भएका हुन्। विसं १९९३ मा ‘नेपाली साहित्य सम्मेलन’ पत्रिकामा उनको ‘रसमय नेपाली जीवन’ नामक निबन्ध प्रकाशित छ।  

सूर्यविक्रम ज्ञवाली नेपाली समालोचना क्षेत्रका आरम्भकर्ता मानिन्छन् । उनको भूमिका लेखकीय विराट प्रतिभाका बारेमा व्यापक अनुसन्धान हुन भने बाँकी नै छ ।  

ज्ञवालीको सम्पादकीय भूमिका निकै महत्वपूर्ण र ऐतिहासिक छ। बनारसमा अध्ययन गर्दा यिनी नेपाली भाषा साहित्यमा समर्पित बने। बनारसबाट प्रकाशित ‘गोर्खाली’ (सन् १९१५) र ‘जन्मभूमि’ (सन् १९२२) पत्रिकाका सम्पादक भएको नरेन्द्रराज प्रसाईले ‘नेपाली साहित्यका समालोचक र समालोचना’ कृतिमा लेखेका छन्।  ज्ञवालीले अन्य विविध पत्रपत्रिका र पुस्तक पनि सम्पादन गरेको पाइन्छ। यिनले मोतीराम भट्टद्वारा लिखित ‘भानुभक्तको जीवनचरित्र’,भानुभक्त आचार्यद्वारा रचित ‘भानुभक्तको रामायण’, बालकृष्ण सम, गुरुप्रसाद मैनाली, पुष्कर शमशेर र विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित कथाहरूको सङ्कलन गरिएको ‘कथा कुसुम’, ‘भानुभक्त स्मारक ग्रन्थ
जस्ता महŒवपूर्ण कृति सम्पादन गरेका छन्। त्यस्तै बनारसबाट प्रकाशित हिन्दी भाषाका ‘आज’ र इलाहावादबाट प्रकाशित ‘लीडर’ पत्रिका पनि सम्पादन गरेका छन्।
ज्ञवाली नेपाली समालोचना क्षेत्रका आरम्भकर्ता मानिन्छन्। समालोचनात्मक साहित्य सिर्जनाका लागि सिर्जनात्मक साहित्य, बौद्धिक समाज, विवेचनात्मक र विश्लेषणात्मक दृष्टिकोण, छलफल र चर्चापरिचर्चाको पारिपाटी आवश्यक हुन्छ। यस्तो प्रकारको विश्लेषण गर्ने र गुणदोष केलाउने परम्पराको थालनी ज्ञवालीबाट भएको पाइन्छ।  

यिनको ‘जन्मभूमि’ (वि.सं. १९७९) मासिक पत्रिका (वर्ष १, सङ्ख्या २ र ३) को ‘नैवेद्य’ पहिलो समालोचनात्मक रचना हो। यसमा कवि धरणीधर कोइरालाका कविताका बारेमा समालोचना छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा र युगकवि सिद्धिचरण श्रेष्ठका बारेमा लेखिएको “नेपाली साहित्याकाशका दुई नयाँ तारा” ज्ञवालीको अर्को उल्लेख्य समालोचनात्मक लेख हो। यिनका भानुभक्तीय रामायणको भूमिका, लक्ष्मीपूजा नाटकको समालोचना थप महŒवपूर्ण लेख हुन्।

ज्ञवालीले भानुभक्तबारे विस्तृत अध्ययन गरेका छन्। नेपाली समालोचना क्षेत्रमा आधारभूत काम गरी लेखन मार्फत् भानुभक्त र उनका रचनाको खोजी गरेको पाइन्छ।
ज्ञवाली योग्यताको कदर गर्नुपर्छ भन्ने मान्यता राख्थे  तथापि दोषपट्टि आँखा चिम्लनु हुँदैन भन्ने मान्यता थियो उनको। कृतिका सामान्य कमजोरीलाई उनी सूर्यमा लागेको ग्रहण मान्थे। उनका समालोचना गुणग्राही छन्।     

ज्ञवालीको भूमिका लेखक व्यक्तित्व असाधारण देखिन्छ। यिनले नेपाली साहित्यमा विशिष्ट स्थान राख्न सफल कृतिमा भूमिका लेखेका छन्। यिनले रूपनारायण सिंहको ‘भ्रमर’, लैनसिंह बाङ्देलको ‘लङ्गडाको साथी उपन्यासमा भूमिका लेखेका छन्। त्यस्तै बालकृष्ण सम, गुरुप्रसाद मैनाली, पुष्कर शमशेर र विश्वेश्वरप्रसाद कोइरालाका कथाहरूको सँगालो ‘कथा कुसुम, कोइरालाको ‘दोषी चश्मा’ कथा सङ्ग्रहमा समीक्षात्मक भूमिका लेखेको पाइन्छ। बालकृष्ण समका ‘भक्त भानुभक्त’ र अमर सिंह नाटकमा ज्ञवालीका महŒवपूर्ण भूमिका छन्।

‘भ्रमर’ उपन्यास नेपाली उपन्यासको स्वच्छन्दतावादी धाराको महŒवपूर्ण कृति हो। यसमा ज्ञवालीको ‘उपोद्घात’ शीर्षक भूमिका छ। तीन पृष्ठको भूमिकाभित्र ज्ञवालीले नेपाल र नेपालीको परिचय, प्रवासी नेपालीको स्थिति र उपन्यासको सार तथा उपन्यासकारको सङ्क्षिप्त परिचय पस्केका छन्। ज्ञवालीद्वारा भूमिका लेखिएको ‘लङ्गडाको साथी’ अर्को महŒवपूर्ण औपन्यासिक कृति हो। यसमा तीन पृष्ठको भूमिका छ। यो भूमिका मूलतः कृतिकेन्द्रित छ। ‘कथा कुसुम’मा मा ज्ञवालीद्वारा लेखिएको ‘प्राक्कथन’ शीर्षक ८ पृष्ठ लामो समीक्षात्मक भूमिका छ। यसभित्र समावेश गरिएका चार कथाकारका दस कथाको चर्चाका साथै कथासाहित्यको इतिहास र कथासम्बन्धी मान्यता र परिभाषा पनि उल्लेख छ। यो भूमिका सैद्धान्तिक दृष्टिले समेत महŒवपूर्ण छ।

‘दोषी चश्मा’ कथासङ्ग्रहमा ज्ञवालीद्वारा लिखित पाँच पृष्ठको ‘भूमिका’ शीर्षकको भूमिका छ। यसमा कथाकार कोइरालाका कथाको सटीक समीक्षा प्रस्तुत गरिएको छ। कथाकार कोइरालालाई कथा लेख्न र छाप्न आफूले अनुरोध गरेको प्रसङ्गलाई ज्ञवालीले पृष्ठभूमिका रूपमा भूमिकामा प्रस्तुत गरेका छन्। बालकृष्ण समको ‘भक्त भानुभक्त’ नाटकमा नौ पृष्ठको भूमिका छ। यसमा ज्ञवालीले समलाई नाटककारका रूपमा परिचय गराउँदै कृतिविवरण उल्लेख गरिएको छ। त्यस्तै समकै ‘अमर सिंह’ नाटकमा ‘भूमिका’ शीर्षकमा आठ पृष्ठको भूमिका छ।

यसप्रकार ज्ञवाली भूमिका लेखकका रूपमा प्रसिद्ध छन्। यिनका भूमिकाहरू गुणावलीयुक्त छन्। साहित्यकार कृष्णप्रसाद पराजुलीले ‘पन्ध्र तारा र नेपाल साहित्य’ कृतिमा लेखेझैं नेपाली भाषा, साहित्य र जातीय ममताले प्रवासी वा नेपालबाहिरका नेपालीहरूलाई घचघच्याइरहेका बेला धरणीधरण कोइराला, महानन्द सापकोटा, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली आदिबाट भाषा तथा साहित्यको विकासमा उल्लेखनीय योगदान भयो। पछि यिनै ज्ञवाली ‘सूधपा’ अर्थात् सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान भएर नेपाली साहित्यमा प्रसिद्ध भए। ज्ञवाली इतिहासकार, सम्पादक, अनुवादक, निबन्धकार, समालोचकका रूपमा परिचित छन्। नेपाली भाषालाई दार्जिलिङतिरका पाठशालाहरूमा स्थान दिलाउन पारसमणि प्रधानलाई सूर्यविक्रमले गरेको मद्दत अपूर्व नै छ।

ज्ञवालीका भानुभक्तको जीवन चरित्र, द्रव्य शाह, राम शाह, पृथ्वीनारायण शाह, वीर बलभद्र, अमरसिंह थापा, नेपाली वीरहरू जीवनीमूलक महŒवपूर्ण कृति हुन्। यिनका ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’, ‘नेपाली भाषाको सङ्क्षिप्त इतिहास’, ‘पारे धर्तीको पुरुषार्थ’, डाँक घर (अनुवाद) कृति छन्। नेपाली सङ्क्षिप्त शब्दकोश (२०४०) यिनको महŒवपूर्ण ग्रन्थ हो।

नेपाली साहित्यमा ज्ञवालीहरूको इतिहास खोज्दा पनि सूर्यविक्रम प्रथम स्थानमा छन्। यिनीबाट सुरु भएको ज्ञवालीको साहित्यिक लहरो झाँगिएको छ। शुकदेव, टेकराज, यदुनाथ, ज्ञानेश्वर, कृष्णप्रसाद, हेमराज, कुमार, रामप्रसाद, मुकुन्दहरि, गणेश, हिरण्यलाल, प्रदीप, कृष्ण, रामप्रसाद (थोर्गा), ज्ञाननिष्ठ, कपिलमणि, कुसुम, नारायण, लक्ष्मीप्रसाद, गुरुदत्त, हिमलाल, एकदेव, विष्णु, केशव, रुद्र जस्ता ज्ञवाली थरका कवि, लेखक, समालोचक यसै क्रममा आएका छन्। यस प्रकार सूर्यजस्तै प्रकाश छरेर नेपाली साहित्यलाई झलमल्ल पार्ने सूर्यविक्रमको योगदान अविष्मरणीय छ। उनको भूमिका लेखकीय विराट प्रतिभाका बारेमा व्यापक अनुसन्धान हुन भने बाँकी नै छ।  (ज्ञवाली, पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।)
 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...