कथा

तीला

शनिबार, २५ जेठ २०७६, ०९ : ५१ बालकृष्ण कट्टेल

छोडेको दश वर्षपछि सिमरन आफ्नो गाउँ लुम्सेरा पुगी। गाउँ छोड्दा ऊ सन्तोषी थिई। फर्कँदा भने सिमरन। सन्तोषी उसले रोजेको नाम थिएन। आमाले राखिदिएकी रे। ऊ बुझ्ने भएपछि नाम फेरी। सिमरन राखी। भन्थी– ‘सन्तोषी’ले ऊ बढी आज्ञाकारी सुनिन्थी। ‘सिमरन’ले आत्मविश्वासी। ऊ आत्मविश्वासी हुन चाहन्थी।

लुम्सेरा पुगेपछि नोस्टाल्जिक भई। गाउँका सम्झना दिमागमा रिलजस्तै घुम्न थाले–त्यो जन्मघर। सिकुवाको ढिकी। भण्डारे कोठा। कोठा कुनाको जाँतो। फापर पिन्दा खुस्किएको हातोलाई बन्चराको पासोले ठोक्दा फुटेको जाँतो। बाख्राको खोर। डिलराज, उसको बालसखा जोसँग ऊ बाख्रा चराउन जान्थी। तीला नदी। बगरमा खेलेको डण्डीबियो। सुकाउन राखेको सिन्की र त्यो सिन्कीसँग खाएको भुटेको मकै। सिन्की धेरै खाएर होला एक दिन त उसलाई पेट पनि निचोरेको थियो। पेट निचोर्दा बलेसी छेउमा बसेर पेट थिचेर पिच्चपिच्च थुकेकी थिई उसले। उसले थुकेको डिलराजले देखेको थियो उसकै घरबाट। र, छेउमा आएर भनेको थियो– सन्तोषी, पेट चिसो भयो भने यसरी नै पानी आउँछ मुखबाट। मीठो लाग्दैमा एउटै चीज धेरै खानु हुँदैन। खाँदा मीठो लागेको चिजले नै त हो बिरामी बनाउने पनि।

डिलराजसँगका धेरै प्रसङ्ग छन् ऊसँग– एक दिन डिलराज बसिला र खन्तीमा साँध लाउन नाग्म बजार गएको थियो। सन्तोषी नून किन्न। सँगै घर फर्किएका थिए। सन्तोषीको नून डिलराजले बोकिदियो। सन्तोषीले बसिला बोकी। नूनको थैलोमाथि तेर्सो पारेर खन्ती डिलराजले नै बोक्यो। ‘बसिलाको दाप हुँदैन, सन्तोषी’, उसले भनेको थियो– त्यसैले होस पु¥याएर बोक। बोक्दा धार आफूपट्टि नफर्काउनू। हिँड्दा लड्यौ भने घुँडा काट्छ। आफँैले धार लगाएको हतियारले काट्यो भने त्यसको दुखाइ सहनै नसकिने हुन्छ।

डिल्ली त्यहीँ हेरिरहेको थियो। लजाएर झुकेका आँखाले डिल्लीतिर हेरी– ‘तिमीले सानोमा भनेको बिर्सेको छैन। जति जोगाउन खोज्छु, पोखिइहाल्छ। तर आजसम्म यहाँ कसैले हात लाउन चैँ पाको छैन।’

उस्तै छ तीला दश वर्षपछि पनि। उस्तै बगाइ। उही बगर। उही पुल। उस्तै बाटो। बोल्ने हो भने त धेरै छन् तीलासँग भन्नलाई सिञ्जाको कथा। बगरका मानिसको व्यथा। जलेका चिताको कथा। चिता जलाउनेहरूको रोदन र उनीहरूको आँसु। सुक्खा लागेर केही फलेन भन्दै बगरमा कराउनेलाई भन्थ्यो होला तीलाले पनि–‘ओसिलो र चिसो हुँदैमा कहाँ उम्रन्छ र फल्ने चिज ! नत्र त मान्छेका आँखामा फल लागिरहनु पर्ने। आँखामा जति पानी अन्त कहाँ बग्छ होला र !’ बोल्न नसकेरै त हो ऊ चूप लागेको। बरु बगिरह्यो कतै नअल्मलिएर। अलमलिनेले त हिँड्दै गरेको बाटो पनि भुल्छन्।  

सन्तोषी गाउँमा रहँदाका सबै क्षणमा छ डिलराज। तीलाको बगरमा डण्डीबियो खेल्दा। बियोलाई तीलाले बगाउँदा। एक दिन त सन्तोषीको चप्पल नै बगाइदियो तीलाले। डिलराजले तान्न खोज्यो तर सकेन। ‘छाडिदेऊ, होस्’,उसले भनेको थियो– ‘पानीलाई पनि मन परेजस्तो छ तिम्रो चप्पल, मन परेकालाई त कसैले छाड्दैन।’ डिलराजले बनाएको बियो बगाउँदा सन्तोषीले सम्झाएकी थिई–‘पानीमा भगवान् हुन्छन् रे, भगवान्लाई मान्छेले बनाएका चिज मन पर्छ रे। लानदेऊ त्यो बियो, भगवान् खुसी नै हुन्छन्।’ं सन्तोषीले यसोभन्दा डिलराजको मन चसक्क भयो। सन्तोषीतिर हे¥यो, र मनसँग बोल्यो– सन्तोषीलाई पनि लग्यो भने त?’ उसलाई सन्तोषी कतै नजाओस् भन्ने लाग्न थालेको थियो।

‘अनि चप्पल बग्दा तिमी चैँ किन अँध्यारी भाकी त?’ं– उसले सोध्यो।
‘चप्पलले त खुट्टामा घाउ हुन दिँदैन नि त। खुट्टा बिरामी भो भने त टाउकोलाई पनि सञ्चो हँुदैन !’
कुरा सुन्दा उसलाई सन्तोषी बाठी लाग्यो। भित्रभित्रै हाँस्यो।

एउटै गाउँका उनीहरू प्रायः सँगै हुन्थे। दुवै कनिका निशा स्कुलमा पढ्थे। सन्तोषीका आमाबुबा हुनेखाने गनिन्थे। सन्तोषीलाई पढाइमा कुनै गाह्रो थिएन। आमाबुबाले पु¥याइदिएका थिए। कहिलेकाहीँ त ऊ डिलराजलाई कापीकलम पनि दिन्थी। अस्ति गणित सरले ज्यामिति बक्स लिएर आउनु भन्दा डिलराज झस्किएको थियो। किनकि स्कुल ड्रेस नै उसका बुबाले बल्लतल्ल किनिदिएका थिए। ज्यामितिको कुराले ऊ अँध्यारो भयो। सन्तोषीले बुझिहाली। सर कक्षाबाट निस्कनासाथ ऊ डिलराजको छेउमा गई र भनी, ‘अँध्यारो मुख नलगाऊ। किनौँला नि !’ नभन्दै उसैले किनिदिई पनि।

डिलराज बिर्सनै सक्दैनथ्यो सन्तोषीलाई। घरमा नयाँ खानेकुरा पाक्यो कि सन्तोषी सम्झन्थ्यो ऊ। एकादशीको दिन घरमा तुलसीको होम गरे उसका बुबाले। आमाले पुवा पकाइन्। कोइरालो र आलुको अचार बनाएकी थिइन्।  डिलराजले कागजमा पोको पारेर सन्तोषीलाई पनि लगिदिएको थियो कसैले थाहा नपाउने गरी। भन्थ्यो– ‘कसैले नदेख्ने गरी गरेको काम मात्र मजा लाग्छ मलाई।’ सन्तोषी हाँस्थी र भन्थी– मलाई पनि तिमीले दिएको र चोरेर खाएको चिज निकै मीठो लाग्छ।

धेरै कुरा आए सिमरनको मनमा। आफू उभिएको ठाउँबाट देखिएसम्म हेरी तीलालाई। डिलराज र उसले खेलेको बगरनेर भङ्गालो फाटेबाहेक उस्तै लाग्यो तीला। तीला उस्तै भए पनि ऊचाहिँ बदलिएकी थिई। छोटो कपाल लामो भएको। नङ लामा र पालिसले पुरिएका। लुगाको रङ र आकार फरक। नीलो जिन्समा पहेँलो सर्ट निकै सुहाएजस्तो लाग्यो आफू। खुट्टादेखि नियाली आफैँलाई। दाहिने हातले पेट सम्याई। सर्टलाई अलिक तल तानी। छाती कसिएको महसुस गरी। गला तलसम्म खुलेको टाँक छेउबाट आफ्नै क्लिभेज हेरी। ठानी– यो उसको छातीको तीला हो जहाँबाट उसका रहरहरू बग्छन्। रहरहरू टुसाउन थालेपछि जीउ तातो हुन्छ र शरीरको एक ठाउँ रसाउन थाल्छ; जहाँ छोएर ऊ महसुस गर्थी आफूमा आएको परिवर्तन। एक दिन डिलराजले उसको छातीतिर सङ्केत गर्दै भनेको पनि थियो, ‘खानेकुरा खाँदा त्यहाँ  नपोख न। त्यसलाई जुठो बनाउनु हुँदैन। र, त्यहाँ जसको पनि हात लाग्न दिनु हँुदैन।’

त्यो दिन सन्तोषीले डिलराजले ल्याएको फापरको रोटी र साँधेको सिन्की खाएकी थिई गोठालोमा।
लुम्सेरा आएपछि उसले डिलराजलाई भेटेकी थिइन। भेट्न गई। डिलराज फापरको बिस्कुन उठाउँदै थियो। बोलाई। ऊ एकछिन अलमलियो। आवाज आएतिर हे¥यो।‘म सिमरन’, ऊ नै बोली–‘त्यै सन्तोषी क्या त ! चिनेनौ?’ डिलराज बसेको ठाउँबाट उठ्यो। ऊ उठ्दा अस्ताउन लागेको घामले सिमरनको छायाँ उसको मुखसम्म पु¥यायो। हात टक्टक्यायो  र मुसुक्क हाँस्यो।
‘तिमी त उस्तै छौ त’, सिमरनले भनी– अनि के गरिरा’को?
सिमरनलाई हेरिरह्यो। परालको पीरा आँटीमा राखिदियो– बस सन्तोषी। मैले त कस्सो नचिनेको। धेरै पनि त भयो। गएपछि त बिर्सिहाल्यौ। यहीँ आएर त सम्झियौ होला नि ?
‘तिमीले चैँ सम्झियौ र मलाई ?’
‘सम्झिएँ  नि।’
‘किन सम्झेको त?’
‘बिर्सन नसकेर। तिमीले किनिदिएको डट्पेन र ज्यामिति –बक्सले बिर्सनै दिएनन्। मसी सकिए पनि त्यो पेन अझै राखेको छु। ज्यामिति –बक्सका सामान चैँ हराइसके तर बक्स चैँ अझै छ।’
‘पुराना चिज त फाल्दिनु नि !’
‘तिमीले दिएका सबै कुरा फाल्न मन लागेन।’
‘राखेर चँै के भो त नि?’
‘तिमीलाई सम्झाइरहे।’थप्यो– ‘सम्झनामा आउनेहरू नै त आफ्ना जस्ता लाग्दा रछन्।’
‘अरू के छ भन न?’
‘म पनि डिलराजबाट डिल्ली भएँ। एसएलसीमा नाम बदलेँ। तिमीले पनि त त्यही ग¥या होला ? अनि कहिले आयौ ? बुबा मावल जानु भा’छ। भोलि आउनुहुन्छ। आमा फापर पिस्न नाग्म। साँझमा फर्कनुहुन्छ।’ एकै सासमा बोल्यो। सिमरन अँटियाछेउको खाँबोमा अढेस लागेर सुनिरही। त्यही खाँबो जहाँ डोरी बाँधेर डिलराज र उसले मही पारेको खेलेका थिए सानोमा।
‘धेरै त बिर्सिसकेँ। तिमी गएको पनि थाहा भएन। यत्ति चैँ थाहा छ– तिमी हिँडेको अघिल्लो दिन घाम लागेको थियो। त्योभन्दा अघिल्लो रात बेस्सरी हिउँ परेको थियो।’
‘अनि दैनिकी लेख्न छाड्यौ र ? हामी त लेख्थ्यौँ है !’
‘छाडँे। एक दिन लेख्दालेख्दै डट्पेनको मसी सकियो। एक÷दुईपटक त निबलाई चुसेर लेखेँ पनि। तर धेरैबेर लेखेन। मसी सकिएपछि त पेनले पनि नलेख्दो रछ। त्यसपछि त लेख्ने बानी पनि रोकियो।’
सिमरनले बुझी उसले किन लेख्न छाड्यो। मुखैसम्म आइसक्याथ्यो भन्नलाई–‘दिमागको निबले मनको पानामा लेखेको भा हुन्थ्यो नि त।’ तर भनिन्। के लेख्ने भनेर डिल्लीले सोध्यो भने के भन्ने? ऊसँग उत्तर थिएन। डिल्लीले चाहिँ उसको मनमा सन्तोषीको नाम लेखी सक्याथ्यो। तर न उसले देखाएको थियो न त भनेको नै र मनभित्रको अक्षर त कहाँ देखिन्छ र? त्यो त हाउभाउबाट पो बुझ्नुपर्छ।

‘गाउँ छाड्ने अघिल्लो दिन तिमी तीलाको बगर गयौ ?’डिल्लीले सोध्यो–‘म त बाख्रो बिरामी भएर गाँजा खोज्न पल्लो गाउँ गएँ। फर्कनै ढिलो भयो।’
‘म पनि गइन। भोलि नै सुर्खेत जानुपर्छ भन्नु भो आमाले। पोकोपत्यौरो ठीक पार्नमै दिन गयो’– भनी।
‘गएकी भए मैले अघिल्लो साँझ बालुवामा लेखेर छाडेको कुरा पढ्थ्यौ होला।’
‘के लेखेका थियौ र?’– सोधी।
‘मनको कुरा’,भन्यो– ‘र, पढेपछि तिमीलाई पनि केही लेख्नु भनेको थिएँ। तिमी त हिँडिहालिछ््यौ।’
कुरा सुन्दै डिल्लीको अनुहार पढ्न थाली। डिल्ली बोलिरह्यो– ‘हिउँ पर्न रोकिएपछि म बगर गएको थिएँ। लेखेको त सबै हिउँले पुरेको थियो।’
‘हिउँले पुरेपछि कहाँ रहिरहन्छ त?’– भनी।
‘अनि तीलामा त पानी रहिरहन्छ त?’ भन्यो– ‘मलाई चैँ तिमीले के लेख्यौ होला भन्नेथ्यो। हिउँ पग्लेपछि पनि हेर्न गएँ। तर, त्यहाँ त मैले लेखेको कुरा समेत थिएन।’
‘बालुवामा लेखिएको अक्षर र मनमा राखेको कुरा तीलाको पानीजस्तो हँुदैन,डिल्ली। हिउँ पग्लेर कहिल्यै अक्षर बन्दैन। बरु हिउँले त लेखेको अक्षर पनि खाइदिन्छ।’
सिमरन बोलिरहेकी थिई। डिल्ली भित्र गएर एक गिलास मही ल्यायो। सिमरनलाई खान दियो। उसले गिलास समाउँदै सोधी– ‘के लेखेको थ्यौ? अहिले भन न त !’
डिल्ली बोलेन। सिमरनको हातको गिलास र फापरको डालोलाई एकैपटक हे¥यो। सिमरन भने डिल्लीले लेखेको कुरा सुन्न आतुर थिई– ‘भन डिल्ली। मनमा कुरा राखिराख्न हुँदैन। धेरै राख्यो भने त्यै कुराले मनमा घाउ बनाउँछ।’
‘सन्तोषीलाई लेखेको कुरा सिमरनलाई खै कसरी भन्नु? तिमीलाई पनि त गाह्रै हुन्छ जवाफ दिन।’
मोही पिइरहेकी सिमरन अलमलिई। अनुहार उठाएर डिल्लीलाई हेर्न खोज्दा ओठको कुनाबाट मोहीको थोपा छातीमा चुहियो। डिल्लीले देख्यो र भनिहाल्यो–‘खाँदा त्यहाँ पोख्ने तिम्रो बानी चैँ गाको रैनछ है।’
डिल्लीको कुराले ऊ लजाई। छाती हत्केलाले पुछी। डिल्ली त्यहीँ हेरिरहेको थियो। लजाएर झुकेका आँखाले डिल्लीतिर हेरी– ‘तिमीले सानोमा भनेको बिर्सेको छैन। जति जोगाउन खोज्छु, पोखिइहाल्छ। तर आजसम्म यहाँ कसैले हात लाउन चैँ पाको छैन।’ सिमरनको कुरा सुनेर डिल्ली पनि लजायो। सिमरनलाई चाहिँ डिल्लीको मनको कुरा सुन्न झन् उत्सुकता भो–‘भन न के डिल्ली, के थियो त्यस्तो कुरा ? सिमरन भए पनि सन्तोषी भए पनि मै त हो।’
डिल्लीले लामो श्वास तान्यो र सिमरनको आँखामा हेरेर भन्यो– ‘अब त्यो कुरा भन्न ढिला भयो,सन्तोषी।’
‘किन नि?’
‘बुबाले मेरो कुरा पल्लो गाउँकी गोमासँग चलाइसक्नु भो। अर्को हप्ता कुरा छिन्न जादै छाँै।’

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...