७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओली आज यूरोप प्रस्थान गर्दै

काठमाडौं - एक हप्ता लामो भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज(शनिबार) यूरोप प्रस्थान गर्दैछन्। युरोप भ्रमणका क्रममा प्रधानमन्त्री ओली स्विट्जरल्याण्ड, बेलायत र फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओली स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन्। त्यसपछि जेठ २७ गते बेलायत पुगेर अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ। यस्तै जेठ २९ गते फ्रान्स प्रस्थान गरी प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।प्रधानमन्त्री ओली भ्रमण पूरा गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App