coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एक लाख घुससहित सिँचाइ आयोजनाका सव इन्जिनियर पक्राउ

काठमाडौं - माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठ एक लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।

योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले शुक्रबार श्रेष्ठलाई पक्राउ गरेको हो। आयोगले जारी गरेको विज्ञप्तिअनुसार श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको छ।

 

 

प्रकाशित: २५ जेष्ठ २०७६ ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App