coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हावाहुरीले दर्जनौंको बिचल्ली

धनगढी– गएराति आएको हावाहुरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ। हावाहुरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा कैयौँ परिवारको बिचल्ली भएको हो।

जिल्लामा मुक्त कमैया, गरीब र विपन्न सयौँ परिवारको घरको छाना उडाइ क्षति पु-याएको अनुमान गरिएको छ। यद्यपि यसको एकीन विवरण अहिलेसम्म आउन सकेको छैन। धनगढी उपमहानगरपालिका–१ का दिलबहादुर शाहीले घरको छाना उडाइ घरमा रहेको खाद्यान्न पानीले भिजाएर नष्ट भएपछि आफू बिचल्लीमा परेको गुनासो गरे।

हावाहुरीका कारण कैलालीको टीकापुरका लाहनु चौधरीको पोल्टी फर्म भत्किँदा च्यापिएर मृत्यु भएको छ। यस्तै गोदावरी नगरपालिमा आँधीका समयमा टिपरसँग मोटरसाइकल ठोक्किँदा से१प ५८५१ नं को मोटरसाइकल चालक वीरबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

हावाहुरीका कारण ७६ जना घाइते भएकोमा ६६ जना सामान्य घाइते भएका छन्। घाइतेको सेती अञ्चल अस्पतलाका साथेै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। गम्भीर घाइते चार जनालाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको छ।

क्षतिको पूर्ण र एकीन विवरण आउन अझै समय लाग्ने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समितिको आज बसेको बैठकले हावाहुरीको कारण पीडित भएकाको लगत सङ्कलन गरी एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ।

लगत सङ्कलनका लागि वडा अध्यक्षको संयोजकत्वमा एक समिति गठन गरिएको छ। धनगढी उपमहानगरपालिका कार्यालयमा आज बिहान बसेको बैठकमा हावाहुरीका कारण पीडित बनेकालाई खाद्यान्न वितरणको व्यवस्था गर्ने निर्णय गरेको छ। रासस

प्रकाशित: २४ जेष्ठ २०७६ १६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App