coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ग्यास सिलिण्डर पडकिँदा सात घाइते, पाँच जनाको अवस्था गम्भीर

बारा– जितपुरसिमरा उपमहानगरपालिका–१४ मा शुक्रबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका चार जनासहित सात घाइते भएका छन्। घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेका र उनीहरुलाई थप उपचारको लागि काठमाडौ रेफर गरिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

अमर ग्यास कम्पनीको सिलिण्डरबाट ग्यास लिक भई पडकिँदा त्यसबाट आगलागी भई ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनिता थिङ गरि एकै परिवारका चार जना घाइते भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुभाष हमालले बताएका छन। त्यस्तै ५२ वर्षीया दिलमाया वाइबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया घाइते भएका छन्। घाइते मध्ये बौद्धमान थिङ, नजरमान थिङ, दिलमाया वाइवा, सुनमाया ब्लोन र ज्ञानीमाया गरि पाँच जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौं लगिएको हमालले जानकारी दिए। रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र आगो बाल्दा ग्यास पड्किएको प्रहरीले जनाएको छ।

नजरमानकी बुहारी ज्ञानीमायाले चिया पकाउनका बिहान स्थानीय पसलबाट नयाँ सिलिन्डरमा रेगुलेटर जोडेकी थिइन्। उनको घरमा छलफल गर्नका लागि छिमेकी आएको अवस्थामा धेरै जना घाइते भएको हमलाले बताए। रेगुलेटर जोड्न नसकेपछि ज्ञानीमायाले सबैलाई जानकारी गराउँदा घरमा उपस्थित सबै भान्सामा पुगेका थिए। भन्सामा पुग्दा त्यतिबेलासम्म भान्सामा ग्यास लिक भइसकेको उनले बताए। ग्यास पड्किएलगत्तै स्थानीय र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल सिमराको अल्पाईन अस्पतालमा पु–याएका बारा प्रहरीले जनाएको छ।

प्रकाशित: २४ जेष्ठ २०७६ १४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App