coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भैँसी दुहुँदै मन्त्री, कृषक दंग

सुर्खेत– कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भैंसी दुहेर कृषकलाई हस्तान्तरण गरेकी छन्। प्रदेश राजधानी वीरेन्द्रनगर–१ का ५० दलित परिवारलाई मन्त्रालयले अनुदानमा दुहुना भैंसी वितरण गरेको हो। ‘दलित समुदायको जीविकोपार्जमा सहयोग पु-याउने उद्देश्यले ५० परिवारलाई दुहुनो भैंसी वितरण गरिएको हो’, मन्त्री केसीले भनिन्, ‘दुधको बजारिकणको व्यवस्था पनि हामीले गरेका छौं।’

मन्त्री केसीले अनुदानको सही सदुपयोग गरेर जीविकोपार्जन सुधार ल्याउन आग्रह गरिन्। ‘प्रदेश राजधानीभित्रैको बस्ती भएकाले हामीले यसलाई नमूनाको रुपमा प्रस्तुत गर्ने लक्ष्य लिएका छौं’ उनले भनिन्, ‘सोही अनुसार अनुदानको सदुपयोग गर्दै आफ्नो जिविकोपार्जमा सुधार ल्याउनुस्।’

केही अघिसम्म दलित समुदायले पालेका गाई–भैंसीको दुध विक्री हुँदैनथ्यो। ‘दुध विक्री नहुने भएकाले जमिन भएपनि भैंसी पाल्थेनौं’, स्थानीय रामकला सार्कीले भनिन्, ‘मन्त्रालयलेनै बजारको ग्यारेन्टी गरेकाले भैंसीपाल्न राजी भएका हौं।’ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैंसी दिएको हो। 

प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरमा दुधको माघ अधिक छ। बजारमा दुध विक्री नहुने भएकाले यहाँका अधिकांश दलित समुदायले गाई–भैंसी पाल्थेनन्। ‘आजभोलि जातीय विभेद पनि कम हुँदै गएको छ’, रामकलाले भनिन्, ‘अनुदानमा दुहुनु भैंसीमात्रै होइन्, बजारिकरणको पनि व्यवस्था भएकाले अब व्यवसयिक भैंसीपालनमा लाग्छु।’

स्थानीय राजु नेपालीले दुध बेचेर राम्रो आम्दानी गर्ने बताए। वीरेन्द्रनगरमा दुधको माग धेरै रहेकाले बजारको समस्या नहुने उनले बताए। ‘प्रदेश सरकारको समन्वयमा दुध सिधै डेरीले किन्ने प्रतिबद्धता जनाएको छ’, उनले भने, ‘बजारको समस्या छैन्।’ पहिलेजस्तो दलित समुदायको दुध भनेर विक्री नहुने अवस्थाको पनि अहिले अन्त्य हुँदै गएको उनले बताए। वीरेन्द्रनगर–१ का अध्यक्ष गंगाराम सुनारले दलित समुदायको जीविकोपार्जन सुधारका लागि भैंसीपालन उपयुक्त विकल्प भएको बताए।

प्रकाशित: २४ जेष्ठ २०७६ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App