प्रधानमन्त्रीकै प्रस्तावमा भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णय

बिहिबार, ११ कार्तिक २०७३, २० : ३८ नागरिक

काठमाडौं— प्रत्येक बिहीबार मन्त्रिपरिषद बैठक बस्ने चलन पुरानै हो। त्यही परम्परालाई निरन्तरता दिन आज पनि मन्त्रिपरिषद बैठक बस्यो। मन्त्रिपरिषद बैठक भारतीय राष्ट्रपति नेपाल आउँदा विदा दिने निर्णयका कारण बहुचर्चित बन्न पुग्यो। सर्वसाधारणले सामाजिक सञ्जालबाट सरकारको निर्णयप्रति कडा प्रतिक्रिया जनाइरहेका छन्।

प्रधानमन्त्री दाहाल यसअघि भारतविरोधी कित्तामा थिए। पहिलो पटक प्रधानमन्त्री हुँदा रुक्मांगत कटवाल प्रकरणमा दाहालले भारतको ब्याकिङमा पेलाइ खाएका थिए। सत्ता छाडेर सडकमा पुगेका दाहालले त्यतिबेला नयाँ वानेश्वरको कोणसभालाई सम्बोधन गर्दै भनेका थिए, 'हामी यहाँ कोहीसँग वार्ता गर्दैनौं। हाम्रो वार्ता सिधै दिल्लीसँग हुन्छ।' उनले त्यो दिन भारतलाई 'विदेशी प्रभु'को संज्ञा पनि दिएका थिए।

ओपन सेक्रेट हो दोस्रो पटक दाहाल प्रधानमन्त्री हुनमा भारत फ्याक्टर निर्णायक रह्यो। आजको निर्णय यही पृष्ठभूमिमा भएको छ। दाहाल भारतलाई आवश्यकताभन्दा बढी चाकरी गर्नमा तल्लिन देखिएका छन्। हुन त सरकारले चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणमा आउँदा पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ। खुला तथ्य यो हो ओली सरकारका बेला तय भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सरकारको भारतीय झुकावका कारण नै असम्भव भएको हो।

मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबारको बैठकमा भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा दिने प्रस्ताव प्रधानमन्त्री दाहाल आफैँले राखेका थिए। उनको प्रस्तावप्रति केही मन्त्रीहरुले असहमति जनाए। 'यस्तो चलन अरु देशरुमा पनि छ। अर्कोतर्फ ट्राफिक व्यवस्थापन गर्न पनि सजिलो हुन्छ', दाहालले मन्त्रिपरिषद बैठकमा भने।

प्रधानमन्त्रीको प्रस्तावप्रति केही मन्त्रीले व्यंग्य गर्दै अमेरिकी राष्ट्रपति आए के गर्ने भनेका थिए। मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री निर्णायक हुने हुँदा अन्ततः भारतीय राष्ट्रपति आउँदा नेपालमा सार्वजनिक विदा दिने प्रस्ताव पारित भएरै छोड्यो।








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad