७ वैशाख २०८१ शुक्रबार
राजनीति

उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्छौंः अर्थमन्त्री खतिवडा

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले  गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने बताएका हुन्। अर्थमन्त्री खतिवडाले मुलुकको व्यापार घाटा कम हुने गरी उत्पादन वृद्धि गर्न केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई पनि आग्रह गरे।

आगामी आर्थिक वर्ष भित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन्। अर्थमन्त्री खतिवडाले जनताको अपेक्षालाई सम्बोधन गर्न पनि वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्तालाई बढाउनु परेको पनि स्पष्ट पारे।

प्रकाशित: २४ जेष्ठ २०७६ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App