७ वैशाख २०८१ शुक्रबार
खेल

धोनीकाे पञ्जामा आइसीसीको आपत्ति, लोगो राख्न बिसीसीआईकाे माग

काठमाण्डौं– एकदिवसीय विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकामाथि जित निकाल्यो। तर, त्यही खेलमा भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले लगाएको पञ्जाको कारण भने सामाजिक सञ्जालमा चर्चा निकै भयो। धोनीको पञ्जा निकाल्दै गरेको एउटा तस्बिर भाइरल भएको छ जसमा सेनाको 'बलिदान' अंकित लोगो रहेको छ। धोनीले सन् २०११ आर्मीमा लेफ्टिनेन्ट कोलोनेलको मानार्थ उपाधी पाएका थिए।

आईसीसीले भने बिसीसीआई मार्फत पञ्जामा रहेको बलिदान अंकित चिन्ह हटाउन निर्देशन दिएको छ। यद्यपि, विसीसीआईले आज आईसीसीलाई पत्र लेख्दै विकेटकिपिङ पञ्जामा 'बलिदान'को लोगो राख्न अनुमति मागेको बताइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिसीसीआईले यो लोगो धोनीको हकमा धार्मिक या व्यापारिक प्रयोजनको नभएको भन्दै लोगो राख्न अनुमती मागेको बताइएको छ। आईसीसीको नियम अनुसार धार्मीक, राजनीतिक, व्यापारिक या सेनाको लोगो अंकित सामाग्री खेलाडीले प्रयोग गर्न पाउँदैनन्।

ICC Sources: If MS Dhoni and BCCI convince ICC that the "balidaan badge" does not have any political, religious, or racial message, ICC may consider the request pic.twitter.com/qRQDQwgr3j

— ANI (@ANI) June 7, 2019

प्रकाशित: २४ जेष्ठ २०७६ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App