८ वैशाख २०८१ शनिबार
खेल

रोनाल्डोको ह्याट्रिकबाट पोर्चुगल फाइनलमा

पोतो – स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगल बुधबार युइएफए नेसन्स लिगको फाइनल प्रवेश गरेको छ ।पोर्चुगलले बुधबार स्विट्जरल्यान्डको चुनौती ३–१ ले समाप्त पारेको हो ।

सुरुआतबाट नै आक्रामक देखिएको पोर्चुगलले २५आंै मिनेटमा रोनाल्डोको गोलबाट सुरुआती अग्रता लिएको थियो । ५७आंै मिनेटमा पेनाल्टीबाट गोल गर्दै स्विट्जरल्यान्डले खेलमा फर्किने संकेत देखाएको थियो । स्विट्जरल्यान्डका लागि रिकार्डो रोड्रिग्वेजले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीपछि दोस्रो हाफमा आक्रामक खेललाई निरन्तरता दिए पनि स्पष्ट जित निकाल्न अन्तिम दुई मिनेट कुर्नुप¥यो । रोनाल्डोले खेल सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि पोर्चुगलको फाइनल यात्रा निश्चित भएको थियो । रोनाल्डोले ८८औं र ९०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
पोर्चुगलले उपाधिका लागि बिहीबार हुने इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार पोर्तोमा हुनेछ ।

प्रकाशित: २४ जेष्ठ २०७६ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App