coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अभिषेकको डेब्यु गोल

काठमाडौं – स्ट्राइकर अभिषेक रिजालले राष्ट्रिय टोलीका लागि डेब्यु गोल पूरा गरेपछि नेपालले बिहीबार मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेईसँग १–१ को बराबरी खेलेको छ।

फिफा वरीयताको १ सय ६१औं स्थानमा रहेको नेपालले १ सय २५औं स्थानको ताइपेईसँग बराबरी खेलेको हो। ३८औं मिनेटमा उ चाङ चिङको गोलमा ताइपेईले अग्रता लिएको थियो। ६९औं मिनेटमा अभिषेकले बललाई पोस्टको दिशा दिँदै नेपाललाई खेलमा फर्काएका थिए। अभिषेकले सन्तोष तामाङको फ्रिकिकमा गोल गरेका हुन्।

ताइपेईविरुद्धको खेलमा प्रशिक्षक योहान कालिनले कप्तान विराज महर्जन, स्ट्राइकर नवयुग श्रेष्ठलाई बेन्चमा राख्दै अजित भण्डारी र सुमन अर्याललाई पहिलो रोजाइमा स्थान दिएका थिए। विराटको अनुपस्थितिमा गोलकिपर किरण चेम्जोङले नेपाली टोलीको कप्तानी सम्हालेका थिए। कालिनले अभिषेकलाई एक्लो स्ट्राइकरका रूपमा खेलाएका थिए। अभिषेकले आइतबार मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।

नेपाली टोलीले सेप्टेम्बरमा विश्वकपको छनोट खेल खेल्दै छ। एसियाली राष्ट्रमध्ये विश्व वरीयतामा ३४औं स्थानमा रहेपछि नेपालले पहिलो पटक विश्वकप छनोटको दोस्रो चरण खेल्ने अवसर पाएको हो। कालिनको प्रशिक्षणमा नेपालले यसअघि ३ मैत्रीपूर्ण खेल खेले पनि जितको खाता भने खोल्न सकेको थिएन। नेपालले कतारविरुद्ध नतिजा सुम्पिएको थियो भने कुवेतसँग गोलरहित बराबरी खेलेको थियो। गत आइतबार नेपालले मलेसियालाई २–० को नतिजा सुम्पिएको थियो।

 

 

 

प्रकाशित: २४ जेष्ठ २०७६ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App