coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लोकसेवा विज्ञापनको विपक्षमा जनार्दन शर्मा

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता तथा सांसद जनार्दन शर्मा लोकसेवाआयोगले निकालेको विज्ञापनको विपक्षमा उभिएका छन्। पूर्व मन्त्रीसमेत रहेका शार्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन संविधानकाेमूल मर्म विपरीत रहृेको बताए।

संसदीय समितिको शुक्रबार बसेको बैठकमा शर्माले यो विज्ञापनले संविधान मिचेको दाबी गरे। उनले भने,‘ यसले संवैधानिक अराजकता भयो, लोकसेवाको भर्ना तत्काल रोक्नुपर्छ।’

संसदीय समितिले संविधान विरोध हरेक कुरामा छुट दिन नसक्ने भन्दै उनले विज्ञापन रोक्नुपर्ने माग गरे। संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थाल्यो । यही हो संवैधानिक अराजकता’ उनले भने, ‘यसले राष्ट्रलाई स्वत संकटमा पर्छ ।’ यसलाई तत्काल स्थगित गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने उनको माग छ।

 

प्रकाशित: २४ जेष्ठ २०७६ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App