समाचार प्रभाव

नारकीय जीवन बिताइरहेकी पूर्वलडाकुको उद्धार

शुक्रबार, २४ जेठ २०७६, १० : ३१ दिनेश सुवेदी

रोल्पा - आठ वर्ष अघिदेखि बिरामीले थलिएकी त्रिवेणी–५ जुगार जबरबोटकी ३२ वर्षीया पूर्वलडाकु निर्मला विक ‘साधना’ले उपचार पाउने भएकी छिन्। उपचार खर्चको अभावमा साधना धेरै वर्षदेखि जीवन–मरणको दोसाँधमा थिइन्। बुधबार नागरिक दैनिकमा ‘नारकीय जीवन बिताउँदै पूर्वलडाकु’ शीर्षकमा समाचार प्रकाशन भएपछि महिला तथा बालबालिका मन्त्रालयका सहसचिव वीरबहादुर राईसमेतको समन्वयमा मानव सेवा आश्रमका स्वंसेवकले उद्धार गरी साधनालाई उपचार तथा अन्य सहयोगका लागि बुटवल लगेका छन्।

‘हिजो देशका लागि लडेकी मान्छे आज मृत्युसँग लडिरहेको खबर सञ्चारमाध्यममा आएपछि उनको दर्दनाक कथा र अवस्थाले हामीलाई सोच्न बाध्य बनायो,’ महिला तथा बालबालिका मन्त्रालयका सहसचिव वीरबहादुर राईले भने, ‘हामीले रोल्पास्थित स्थानिय प्रशासन, स्थानीय तह र मानव सेवा आश्रमसँग समन्वय गरेर रेस्क्यु गरेका छौं। उहाँलाई थप उपचार र अन्य आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ।’

निर्मलाको घर त्रिवेणी–५ जुगार जबरबोट पुगेका मानव सेवा आश्रमका स्वयंसेवकले उनलाई थप उपचार र पुनस्र्थापनाका लागि बिहीबार बुटवल लगेका हुन्। बसेकै ठाउँमा दिसा–पिसाब गर्ने, मानसिक रूपले विक्षिप्त निर्मलाको जलेको खुट्टा गन्हाउन थालेपछि उनलाई तीन वर्षयता बाख्राको खोरमा राख्न थालिएको थियो। घरबाट बाख्राको खोरमा सारिएपछि निर्मलाको दिनचर्या नारकीय बनेको थियो। माओवादी क्यान्टोन्मेन्टमै रहँदा पुर्वान विक ‘प्रभाकर’सँग उनको विवाह भएको थियो। अयोग्य लडाकुको सूचीमा परेका ‘प्रभाकर’ले निर्मला बिरामी भएपछि दोस्रो बिहे गरेका छन् र उनी कामको सिलसिलामा भारतमा बस्छन्।

मानव सेवा आश्रमले निर्मलालाई उपचारपछि परिवारमै पुनर्मिलन गराउने बताएको छ। ‘हामीले सडकमा रहेका, समस्यामा परेका, मानसिक समस्याले पीडित असाहयहरूलाई सेवा दिइरहेका छौं,’ आश्रमका सुमन बड्तौलाले भने, ‘२०८२ सम्म देशलाई सडक मानवमुक्त बनाउने उद्देश्यले हाम्रो अभियान चलिरहेको छ।’

त्रिवेणी गाउँपालिका प्रमुख शान्तकुमार वलीले पूर्वलडाकु निर्मलाको उद्धार भएकोमा खुसी व्यक्त गरेका छन्। ‘हाम्रो गाउँकी असाहय चेलीलाई मानव सेवा आश्रमका स्वयंसेवकले उपचारका लागि लगेका छन्,’ वलीले भने, ‘आशा छ उनी चाँडै निको भएर घर आउने छिन्।’








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad