coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मितेरी पुल सञ्चालन

चीन सरकारले नेपाल चीन सीमाक्षेत्र रसुवागढीमा निर्माण गरेको मितेरी पुल। तस्बिर : नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण गरिएको मितेरी पुल बिहीबारदेखि सञ्चालनमा आएको छ। चीन सरकारको सहयोगमा चिनियाँ टोलीले पुल निर्माण गरेको हो।

मितेरी पुल जीर्ण बनेको र भूकम्पका कारण थप क्षति गरेपछि त्यहीँ स्थानमा नयाँ पुल निर्माण गरिएको प्रमुख भन्सार अधिकृत पुण्य बिक्रम खड्काले बताए। गत कात्तिकदेखि चीन सरकारले मितेरी पुलको निर्माण सुरु गरेको थियो। मितेरी पुल पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिजले गरेको हो। बिहीबार बिहान सवारी वारपार गरेर औपचारिक रूपमा मितेरी पुल सञ्चालनमा ल्याइएको हो।

६ महिनामा निर्माण सम्पन्न गर्ने योजना थियो। मितेरी पुलको निर्माणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने, व्यापार प्रवद्धनमा सहयोग पुग्ने र चीन सरकारको वान बेल्ट वान रोडको अवधारणामा सहयोग पुग्ने विश्वास गरिएको छ।नाकामा सवारीको चाँप बढ्दै जाँदा सवारी जोखिमलाई मध्यनजर गर्दै पुल निर्माण गरिएको सशस्त्र प्रहरी बल, राजस्व तथा भन्सार सुरक्षा गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक जीवन केसीले बताए।

पुनर्निर्माण भएको पुल पहिले रहेको पुलभन्दा पाँच मिटर उत्तरपूर्व सरेकोे छ। गत सेप्टेम्बरबाट सुरु गरेर २०१९ मे महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। पुलको लम्बाइ एक सय १० मिटर र चौडाइ नौ मिटर रहेको छ। पुनर्निर्माणका लागि गत जुन २१ तारिखमा सम्झौता भएको थियो।

प्रकाशित: २४ जेष्ठ २०७६ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App